Monday, December 20, 2010

फोटो चोरिएपछि…


गायिका क्रिस्टिना एग्युलेरा यतिबेला निकै तनावमा छन् । हुन पनि उनका अति गोप्य नग्न र अर्धनग्न तस्बिरहरू एकाएक इन्टरनेटमा जो सार्वजनिक भएका छन् । उनको निजी वेबसाइटमा खोल्न नमिल्ने गरी राखिएका कामुक र उत्तेजक तस्बिरहरू कम्युटर हृयाकरले चोरिदिएपछि उनका तस्बिर इन्टरनेटमा छ्यापछ्याप्ती भेटिएका थिए ।तस्बिर चोर्ने विरुद्ध उनले तत्काल उजुरी गरेको र केही वेबसाइटबाट ती तस्बिर हटाइएका पनि छन् । विभिन्न कोणबाट खिचिएका ती तस्बिर उनको निजी प्रयोजनका लागि खिचिएको थियो । स्थानीय अधिकारीले चोर चाँडै समातिने आश्वासन उनलाई दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

0 comments:

Post a Comment