Wednesday, November 3, 2010

नेपाली युवती बलिवुडमा


मुम्बई, कात्तिक १७ - बलिउडमा प्रवेश गर्न चाहनेको संख्या सानो छैन। त्यही भीडमा उभिएकी काठमाडौंकी आलिया साहलाई लाग्छ - मधुर भण्डारकरको फिल्म 'फेसन'मा हिरोइन थिइन् भने कंगना रावतले भन्दा दमदार अभिनय देखाउँथिन्। २५ वर्षियालाई आमिर खानको जोडीका रुपमा 'ग्ल्यामरस रोलमा' हिरोइन बनेर स्क्रिनमा पहिलोपटक देखिने रहर छ। अनि कति 'एक्सपोज' गर्न सक्छिन त उनी ? जवाफ सजिलै दिइन्, 'जबसम्म त्यो भल्गर देखिन्न।' उनको सोचाईमा भाग्य, प्रोत्साहन, संघर्षसहित थोरै 'माथितिर तान्ने' पनि चाहिन्छ, सफल हुन। बलिउड यात्रामा हिडेकी आलियाले केही सिनेमा निर्मातालाई 'ब्रेक' दिनका लागि प्रयास पनि गरेकी छिन्। र, उनलाई उनको शरीर कति सेक्सी छ ? सोधियो। 'सेक्सी फिगरमा दशमा दश' उनको आत्ममूल्यांकन छ। आलियाले बलिउडका चर्चित फोटोग्राफर राकेश श्रेष्ठसँग फोटो सेसन गराएकी छिन्। उनले गराएको फोटो सेसनलाई मात्र मूल्यांकन गर्ने हो भने पनि उनी गतिलो मोडल हुनसक्नेमा कुनै दुईमत रहन्न। बलिउडमा अभिनेत्रीका रुपमा आएकी मनिषा कोइरालाले आफूलाई स्थापित सहजै गराइन्। तर के आलियाले बलिउडमा आफूलाई सेक्सी नायिकाका रुपमा स्थापित गर्न सक्लिन? - रेडिफ/nagariknews

0 comments:

Post a Comment