Thursday, November 4, 2010

देख्ने, सुन्ने र सचेत गराउने नयाँ सीसी टिभी


बेलायतको एउटा कम्पनीले एउटा यस्तो सीसी टिभी प्रविधि विकास गरेको छ जसले केवल आफू वरपर नजर राख्ने मात्र राख्ने होइन केही भइहालेमा चर्को स्वरमा आलार्म बजाएर सुरक्षाकर्मीलाई सचेत समेत गराउन सक्दछ। यो सीसी टिभी प्रविधिले कोही सहयोगका लागि आग्रह गरिरहेको छ, कतै झगडा भइरहेको छ वा कोही निकै आवेगमा छ त्यो पनि पत्ता लगाउन सक्दछ।
क्याब्रीजको एउटा कम्पनी अडियो एनालिटिकले यो नयाँ सफ्टवेयर विकास गरेको हो। जसले अलग अलग पिचमा प्रेषित आवाजमा भेद पत्ता लगाउन सक्दछ। यो सफ्टवेयरले आवाजको गहिराई मापन गर्न सक्छ। एकभन्दा बढी आवाज पहिचान गर्न सक्दछ। आवेग वा तेज आवाज महशुस गर्न सक्दछ। यसबाट थाहा हुनेछ कि कोही सहयोगका लागि आग्रह गरिरहेको छ वा छैन ।
सामान्यतः एक जना सुरक्षाकर्मीले आफू अगाडि रहेका स्क्रीनमा २०/३० सीसी टिभी क्यामेराबाट प्रसारित तस्वीरमा नजर राख्दछन् । यस्तो अवस्थामा पुरा दिनभरमा उसबाट केही चुक हुने सम्भावना कायम रहन्छ। यस्तोमा यो प्रविधि काम लाग्न सक्दछ। जस्तो कि कसैले सहयोगका लागि आग्रह गरेर कराएमा यो प्रविधिले सुरक्षाकर्मीलाई सतर्क गराइहाल्छ। यसबाट कुनै कमीकमजोरी वा चुक हुने सम्भावना कम हुनेछ। त्यसो त यो प्रविधि अहिले नै पूर्ण रुपमा विकास भने भइसकेको छैन । एजेन्सी

0 comments:

Post a Comment