Monday, November 1, 2010

भारतमा रोजगारीको अवसर उच्च


आन्तरिक अर्थतन्त्रको सुधार तथा विश्वव्यापी अर्थतन्त्रमा छाएको मन्दीको बादल फाटेकाले गर्दा अधिकांश लगानीकर्ताले कार्यक्षेत्र विस्तारसँगै कर्मचारी थप्ने कार्य निरन्तरता दिने देखिन्छ । बहुसंख्यक कम्पनीले अर्र्को वर्षको सुरुवातसम्ममा ठूलो मात्रामा नयाँ कर्मचारी नियुक्ति गर्ने प्रक्रियालाई पहिलो प्राथमिकतामा राख्ने सो संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
चौथो त्रैमासिक अर्थात् तीन महिनाको अवधिमा ६ वटा क्षेत्रमा २ लाख ३० हजारको हाराहारीमा नयाँ रोजगारी सिर्जना हुने प्रतिवेदनले देखाएको छ । यी ६ वटा क्षेत्रमा स्वास्थ्य, रियलस्टेट, सूचना प्रविधि, शिक्षा, निर्माण र वित्तीय संस्था रहेका छन् ।
तीमध्ये स्वास्थ्यक्षेत्रमा मात्र ६० हजार नयाँ रोजगारी सिर्जना हुने बताइएको छ । त्यसैगरी रियल स्टेट र सूचना प्रविधि क्षेत्रमा क्रमशः ५०–५० हजार नयाँ रोजगारी सिर्जना हुने देखिन्छ भने शिक्षाक्षेत्रमा ३० हजार रोजगारी सिर्जना हुने आईएन्डवाईको प्रतिवेदनमा जनाइएको छ ।
निर्माण तथा वित्तीय संस्थाहरूले पनि चालू आर्थिक वर्षको चौथो त्रैमासिकमा २०–२० हजार नयाँ रोजगारी सिर्जना गर्ने सम्भावना रहेको सो संस्थाले जनाएको छ । भारतमा स्वास्थ्य क्षेत्रप्रतिको लगानी एकदमै तीव्र गतिमा बढ्दै गएको छ । अगाडि पनि यस प्रकारको लगानी प्रवाहले निरन्तरता पाउने देखिन्छ ।
“जीवनशैली परिवर्तन भएको छ, स्वास्थ्यक्षेत्रमा लगानी बढाउन सरकारका विभिन्न फरक–फरक सहयोग योजना तथा ग्रामीण क्षेत्रका बासिन्दाहरूमा पनि स्वास्थ्यप्रतिको सोचमा परिवर्तन हुँदै आधुनिकताले छुन थालेका कारण धेरै सहयोग पुगेको हो,” अनुुसन्धान प्रतिवेदनमा भनिएको छ ।
स्वास्थ्यक्षेत्रले गत तेस्रो त्रैमासिकमा अनुमानित १ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गरेको थियो । प्रतिवेदनमा भारतका सरकारी निकायमा नयाँ कर्मचारी नियुक्त गर्ने कामले प्राथमिकता पाएको उल्लेख छ ।
आई एन्ड वाईका अनुसार हाल कायम बैंकहरुले पनि शाखा विस्तार कार्यलाई निरन्तरता दिएकाले रोजगारीको अवसर बढ्ने प्रबल सम्भावना रहेको देखिन्छ । यस क्षेत्रमा कम्तीमा तीन महिनाको अवधिमा ५० हजार थप रोजगारीको अवसर सिर्जना हुने बताइएको छ । त्यसैगरी करिब ४० अर्ब डलर मूल्यबराबरको बजार रहेको शिक्षाक्षेत्रमा पनि रोजगारी सिर्जनाको सम्भावना उच्च रहेको छ

0 comments:

Post a Comment