Sunday, October 31, 2010

९ वर्षसम्म दूध दिने गाई


इलाम/ इलाम नगरपालिकाका एक किसानले पालेको गाईले ब्याएको ९ वर्षसम्म लगातार दूध दिइरहेको छ । नगरपालिका वडा-७ महभीरकी विष्णुमाया सापकोटाले पालेको गाई ०५८ मा ब्याएर पनि बिहान-बेलुका १ लिटर दूध दिइरहेको हो ।

१८ वर्षअघि विष्णुमायाका श्रीमान् कृष्णभक्त सापकोटाले इलाम नगरपालिकाकै गोलाखर्कबाट सो गाई किनेका थिए । त्यतिबेला २ हजार ५ सय रुपैयाँमा किनेको गाईबाट हालसम्म ३ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको सापकोटाले बताए ।

गाईले ९ वर्षसम्म लगातार दूध दिएपछि आमाजस्तै गरी पालेको विष्णुमायाले बताइन् । उनले गाईलाई माया गर्ने मात्रै नभई मरे काजक्रियासमेत गर्ने सोच बनाएकी छिन् ।

0 comments:

Post a Comment