Monday, November 1, 2010

पटाका पड्काउँदा चारवर्षे बालकका दुवै आँखा बन्द


खलङ्गा, कात्तिक १५। पटाका पड्काउँदा बारुदको छर्रा आँखामा लागेर आइतबार साँझ दशरथचन्द नगरपालिका–१, शाहीलेकका चार वर्षीय बालक धीरज तिर्वाका दुवै आँखा बन्द भएका छन्।

बालक धीरजले आगोले पटाका पट्काउन लाग्दा आँखामा चोट लागेको हो।

धीरजको बायाँ आँखाभन्दा दायाँ आँखामा बढी चोट लागेको र दुवै आँखा खोल्न नसकेको उनका बुबा दानी तिर्वाले बताए। सदरमुकाम बैतडीका पसलहरुमा खुल्लमखुल्लारुपमा पटाकाहरु बिक्री–वितरण भइरहेका बेला बजारबाट पटाका लिई आगोको फिलिङ्गोले पोल्न लाग्दा पटाका पट्किएर आँखामा चोट लागेको हो।

घाइते बालक आँखा सेवा केन्द्र बैतडीमा सामान्य उपचारपछि घर फर्किएका छन्।

बैतडी सदरमुकामबाट १० किमी पश्चिममा रहेको सीमावर्ती झुलाघाट नाकाबाट खुल्लारुपमा पटाकाहरु भित्रिरहेको बेला प्रशासन भने मौन रहेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय छेउछाउका ठाउँहरुमा पटाका पट्केको आवाजहरु सुनिँदासमेत प्रहरीले कुनै कारबाही गरेको देखिँदैन।

यस सम्बन्धमा बैतडीका प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद शर्मा प्रहरीले देहिमान्डाँै, गुरुखोला, सतबाझ, पाटनलगायतका ठाउँहरुमा कडाईका साथ खानतलासी गरिरहेको बताउँछन्।

0 comments:

Post a Comment