Sunday, October 31, 2010

फेसबुकमा ८० प्रतिशत झूठो !


पछिल्लो समय के युवा के पाका, इन्टरनेटमा बस्ने वित्तिकै सबैभन्दा पहिला इन्टरनेट एक्सप्लोररमा डब्लूडब्लूडब्लू डट फेसबुक डटकम टाईपका लागि हातका औंलाहरु लालायित हुन्छन् । फेसबुक ओपन भएपछि बल्ल आफूलाई आवश्यक अन्य साईड खोल्न थालिन्छ । यो मानिसको दिन चर्या जस्तै भइसकेको छ, इन्टरनेटको पहुँच भएका व्यक्तिहरुका लागि । अफिस होस् अर्थात साइबर । फुर्सद हुने वित्तिकै हेर्ने साइड भएको छ अहिले ।

यदी तपाई पनि फेसबुक र टिव्टरमा परिचित तथा अपरिचत मित्रसँग च्याट गर्दै हुनुहुन्छ भने होशियार रहनु होला । च्याटमा गरिएका कुरालाई विश्वास मान्नुभयो भने तपाईले धोका पाउने सम्भावना बढी हुने छ । किनकी, बि्रटेनमा हालै गरिएको एक सर्वेक्षणले टिव्टर तथा फेसबुकमा च्याट गर्ने व्यक्तिमध्ये २० प्रतिशतले मात्र साँचो कुरा बोल्ने गरेको पाइएको छ । उक्त सर्वेक्षण २ हजार व्यक्तिमा गरिएको थियो ।

फेसबुक तथा टिव्टर नेटवर्किङमा झूठो बोल्न मानिसहरु कुनै संकोच मान्दैनन् । अप्टिमम् रिसर्चले गरेको सर्वेक्षणमा आमने सामने भएर बोलेको कुरा भन्दा टिव्टर र फेसबुकमार्फत कुरा गर्दा ढाँट्ने गरेको पाइएको छ ।

0 comments:

Post a Comment