लहान। सिरहाको सोनापुरका बासिन्दाले २५ किलोको सुँगुर भित्रयाएपछि गाउँमा छुट्टै रौनक र चमक छाएको छ ।
बच्चादेखि वृद्ध सबै सुँगुरको त्यो पाठोलाई नियालिरहेका छन् भने भोलि अर्थात् गोवर्द्धन पूजाका दिन हुने विशेष कार्यक्रमको योजना बनाउन व्यस्त देखिन्छन्, सोनापुरवासी ।
परम्परागतरूपमा चरम यातना दिँदै त्यस निरिह सुँगुरको पाठोको हत्याको दृश्य गाउँलेहरूले रमाइलो मानी हेर्नेछन् । त्यस दिनलाई तराईका बासिन्दाले ‘हुर्राहुरी’ पर्वका रूपमा लिने गर्दछन् । त्यसका लागि बिहानदेखि गाउँलेहरूले भैंसी, राँगो र गोरुको सिङमा शुद्ध खानेतेल लगाउने गर्छन् भने टाउको -सिङ) मा कलात्मक तथा विशेष किसिमको झालर र घाँटीमा कौडी, घुँघर घण्टी झुन्डयाइन्छ ।
यस प्रकारको तयारी खुला चौरचौरमा सुँगुरको पाठोसँग भैंसीलाई लडाउन गरिएको तयारी हो । परम्परागतरूपमा सयौं वर्षको लामो हसिहास बोकेको यो परम्परागत खेल केवल मनोरञ्जनका लागि तराईका जिल्लाहरूमा मनाइने पौराणिक पर्व हो यो ।
यो मनोरञ्जनात्मक खेल खेल्दा सुँगुरको पाठोलाई खुलाचौरमा छाडिन्छ । अनि वरिपरि गाउँबाट ल्याइएका भैंसी, राँगो र गोरुद्वारा हान्न लगाइन्छ । यो खेल हेर्न वल्लागाउँ पल्लागाउँका मानिसहरू ठूलो सङ्ख्यामा भेला हुन्छन् ।
‘मानिसको भीड र स्थानीयवासीको उल्लेखनीय उपस्थिति देखेपछि सुँगुरको पाठो डरले भाग्न खोज्दा वरिपरि रहेका भैंसी, राँगो, गोरुले उक्त पाठोलाई हान्दै फेरि बीचमै पुर्याउँछन्’- हुर्राहुरी खेलबारे बताउँदै सोनमती मझौरा गाउँ विकास समिति-३ छारायहीका किसान छोटेलाल यादव भन्नुहुन्छ- ‘सुँगुरको पाठो घेरा बाहिर निस्कने अथक प्रयास गरे पनि घाइते पाठोलाई त्यहाँ उपस्थित दर्शकहरूले भाला तथा अन्य हतियार प्रहार गरेर झनै रगताम्य बनाउँछन् ।’
घाइते सुँगुरको पाठो चिच्याउँछ तर उपस्थित जनसमुदायले त्यसको रक्षा गर्नुको साटो उफ्रीउफ्री कराउँछन्, रमाइलो गर्दछन् । एउटा पशुलाई सिङ्गारेर अर्को पशुको हत्या गराउनुलाई गाउँलेहरूले धार्मिक परम्पराका रूपमा लिएको देखिन्छ । विशेषगरी मनोरञ्जनका रूपमा लिइने हुर्राहुरी पर्व खासगरी सुँगुरको पाठोमै केन्दि्रत हुने गर्छ ।
लक्ष्मीपूजाको भोलिपल्ट -गोवर्द्धन पूजाका दिन) सो कार्यक्रमलाई ग्रामीण क्षेत्रका बासिन्दाले विशेष महत्व दिएको पाइन्छ ।
यो पर्व मनाउन गाउँलेहरूले वैकल्पिक ऊर्जाका रूपमा रहेको गोबर बिक्री गरी सुँगुरको पाठो किन्ने परम्परा छ । जतिसुकै क्रूर खेल भए पनि शताब्दीऔंदेखि चलिआएको यो परम्परालाई जीवन्तता दिन यो पर्व मनाउने गरेको एकथरिको भनाइ छ । यसो गर्दा गाईवस्तु बिरामी नपर्ने र वर्षभरि ढुक्क हुने धार्मिक विश्वास रहेको सोनापुरवासी बताउँछन् ।
एकातिर यो बालबच्चाका लागि आकर्षक खेल भएको छ भने अर्कातिर सालभरि रहेको रागद्वेष यही सुँगुरको पाठोमाथि पोखिने गरिएकाले पनि यो पर्व मनाइने गरिन्छ-उनीहरूको तर्क छ ।
उक्त परम्परा कहिले, कहाँबाट सुरु भयो त्यो थाहा हुन नसके पनि धनगढी गाविस-१ सोनापुरका फुलेश्वर यादव भने बाबुबाजेले चलाएको परम्परालाई निरन्तरता दिन यो पर्व मनाउने गरिएको विश्वास व्यक्त गर्नुहुन्छ । तर उहाँ यसलाई हिंसाभन्दा पनि आफ्नो परम्परासँग दाँज्न रुचाउनहुन्छ ।
चमारको ढोलबाट निस्किने डिङडिङको आवाजले भैंसी, गोरु, राँगालाई जोस्याउने र सुँगुरको पाठोलाई सिङले हानेर मार्ने यो पर्व कालान्तरमा विरलै हेर्न पाइने स्थानीय व्यक्तिको धारणा छ ।
1 comments:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment