Tuesday, November 2, 2010

यौनकर्मीहरू प्रेमी बनेर धन्दा चलाउँदै


दीपक दाहाल, काठमाडौं, कात्तिक १६- तपाईँ पुरूष हुनुहुन्छ र प्रेमको बहानामा एक भन्दा बढी महिलासँग यौनसम्पर्क राखिरहनु भएको छ, नठान्नुस् मैले मात्र प्रेमिकालाई ढाँटिरहेको छु। कहिले सापटी र सपिङ्गको बहानामा आर्थिक फाइदा लिइरहने त्यस्ता महिला यौनकर्मी पनि हुनसक्छिन्। स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको सर्वेक्षणले थुपै यूवती एवं अधवैसे महिला एकभन्दा बढी पुरूषसँग प्रेमीकाको रूपमा यौन व्यवसाय चलाइरहेका छन्। 'अधिकांश यौनकर्मीहरू कुनै हिसाबले नजिकिन्छन् र यौन साथी बन्छन् र विभिन्न बहानामा पैसा लिन्छन्,' केन्द्रका निर्देशक डा.कृष्णकुमार राईले भने।

प्रहरीले सक्रियता देखाउने नाममा यौनकर्मीका अखडामा छापा मार्ने र आर्थिक र शारीरिक शोषण गर्ने भएपछि उनी आफूलाई नाम चलेका अफिसा स्टाफ एवं कुनै कलेजको विद्यार्थी भन्छन्। 'यौन पेशा गरेको भन्न आधारमा मात्रै होइन्, कण्डम बोकेको भरमा समेत प्रहरीले समात्ने गर्छ ' राई भन्छन्। राईका अनुसार यौन रोग नियन्त्रणका दृष्टिले यौनकर्म नियन्त्रण गर्न प्रहरीको यो प्रयासले नकारात्मक असर पारिरहेका छ। 'एचआइभी तथा यौन रोग नियन्त्रणका लागि स्वास्थ्य मातहतका निकाय निशुल्क कण्डम बाँड्छन्' राई भन्छन्, 'त्यही कण्डम बोकेको आधारमा प्रहरी समात्छ, त्यसैले अधिकांश यौनकर्मीले यो बाटो रोजेका हुन्।'

यौनकर्मीका क्षेत्रमा काम गर्ने संस्था जागृतिकी कार्यक्रम व्यवस्थापक श्रुति कार्कीका अनुसार यौनकर्मी महिलाले पहिचान खुलाएमा धेरै दुःख पाउने भएकोले पनि उनीहरू छलछाम गर्न हैन कतिपय धेरै अवस्थामा असुरक्षित यौनसम्पर्कका लागि वाध्य हुन्छन्। 'हामीसँग यौनकर्मी दिदी बहिनीहरूले भने अनुसार प्रहरीले लग्यो भने, पैसा नदिइ यौनसम्पर्क पनि राख्छ, भएको पैसा पनि लिन्छ र केही दिन हिरासतमा समेत राख्छन ' कार्कीले भनिन्। निर्देशक राईका सर्वेक्षणका क्रममा यौनकर्मी महिलाले बताएअनुसार प्रहरीले समेत उनीहरूसित कण्डम बिना यौनसम्पर्क राख्छन्।

जागृतीको तथ्यांक अनुसार देशभर ५० हजारको हाराहारीमा यौनकर्मी महिला र तिनका चार लाख भन्दा पुरुष ग्राहक छन्। राधानीमा मात्रै १५ देखि २० हजार यौनकर्मी महिला रहेको अनुमान केन्द्रको छ। ग्राहकको तुलनामा महिला यौनकर्मीको संख्या न्युन रहेकाले एकजना महिलाले छ सात जना पुरुषसँग यौनसम्पर्क राख्नु पर्ने अवस्था छ। 'फरक फरक पुरूषसँग जाँदा उनीहरू पहिचान फरक बनेको हुन्छ।' राईले भने, 'इमेल, इन्टरनेट, सहरी व्यापारिक केन्द्र, मलको अवधारणाले उनीहरू ग्राहक खोज्न सजिलो भएको छ। यसरी छद्म परिचय बोकेका महिलाले प्रेमको नाटक गरेरै व्यापार गरिरहेका हुन्छन्। यस्ता महिलाले एक हप्तामा ४० जनासँगसम्म यौन सम्पर्क राख्ने गरेको पाइएको राइले बताए।

0 comments:

Post a Comment