Friday, November 5, 2010

कलाकार नगरकोटी मृत अवस्थामा


अमेरिकामा बनेको नेपाली चलचित्र इष्टमित्रमा सहनायकको भुमिका निर्वाह गरेका युवा कलाकार राम नगरकोटी बर्ष ४५ का पेन्सिलभेनियाको पेन स्टेटमा स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । ३१ तारिख आइतबारदेखि सर्म्पर्क विहिन रहेका नगरकोटीको अनुपस्थिति छिमेकीले प्रहरी समक्ष पुर्याएपछि सोमवार मात्र उनी मृत अवश्थामा फेला परेका हुन् । प्रहरीले उनको खोजी गर्ने क्रममा नगरकोटीलाई आफ्नो कोठाको कम्प्युटर अगाडि मृत अवश्थामा भेटेका थिए ।


सोमवार मृत अबश्थामा फेला परेका नगरकोटीको निधन सो भन्दा २४ घण्टा पहिले नै भएको स्थानीय अस्पतालले जानकारी दिएको छ ।नगरकोटीको निधन अस्पतालले प्राकृतिक ढंगबाटै भएको जनाए पछि उहाको हृदयघातबाट निधन भएको हुन सक्ने आसंका गरिएको छ ।

सन् १९९५ मा अमेरिका आउनु भएका राम नगरकोटीले लामो समय न्युयोर्कमा बिताउनु भएको थियो । नगरकोटीले केही वर्ष अगाडिदेखिमात्र पेन्सिलभानिया राज्यमा आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

बिशेषत: बाँसुरी बादनमा पोख्त नगरकोटीले न्युयोर्क, डिसी र बोस्टनमा भएका कार्यक्रमहरुमा आफ्नो कला प्रदर्शन गरेर दर्शकहरु माझ कहिले नमेटिने चिनारी छोड्नु भएको छ । नेपाल र नेपालीलाई चिनाउने तथा नेपाली समुदायलाई उजिल्याउने तर्फ बिशेष योगदान दिए बापत उहालाई सन् २००० तिर न्युयोर्कस्थित एक साउथ एशियन संस्थाले न्युयोर्कका मेयर मार्फत सम्मान पनि गरेको थियो ।

1 comments:

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment