Monday, November 1, 2010

दाहालको चीन यात्रा वारे अमेरिकी राजदुतको चासो


काठमाण्डौं कार्तिक ११, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संग अमेरिकी राजदुत स्कट एच डिलिसीले बिहीबार भेट गरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो ब्यक्त गर्नुभएको छ । नयां बजारस्थित दाहाल निवासमा भएको भेटमा हालै दाहालले गर्नुभएको चीन यात्रा , नयां सरकार गठन, संविधान लेखन र शान्ति प्रक्रियाबारे छलफल भएको थियो । राजदुत डेलिसीले माओवादी लडाकु समायोजन प्रकृयामा माओवादीको भुमिकाको वारे पनि चासो व्यक्त गर्नुभएको थियो । उहाँले राजनीतिक गतिरोधका लागि दलहरु एक आपसमा सहमति गरेर जानुको विकल्प नरहेको वताउनुभयो ।

0 comments:

Post a Comment