Sunday, October 31, 2010

प्रचण्डका कुरा सुनेर चिनियाँहरू नै छक्क


काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहालले साङ्घाइ एक्स्पोमा सहभागी भई फर्कने क्रममा काठमाडौं विमानस्थल दिएको अभिब्यक्तिप्रति चिनियाँहरुले नै आश्चर्य प्रकट गरेका छन्। नेपाल, भारत र चीनबीच रणनीतिक सम्झौताका लागि चिनियाँहरुलाई भारतसंग वार्ता गर्न आग्रह गरेको र चीनले माओवादीलाई भारतसंग सम्बन्ध सुधार गर्न सुझाव दिएको भन्ने दाहालका कुराप्रति चिनियाँहरुले आश्चर्य ब्यक्त गरेका हुन। प्रचण्डका कुरा बुधबारका मिडियाबाट सार्वजनिक भएपछि दाहालको भ्रमणका क्रममा भएका कुराकानीको समिक्षा गर्दै चिनियाँहरुले आश्चर्य जनाएको काठमाडौंस्थित चीन निकटका सूत्रहरुले बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधी मण्डल आगामी साता भारत भ्रमणमा जाने भएपनि उक्त प्रतिनिधि मण्डलले भारत सरकार वा भारतीय नेतृत्वसंग पार्टीगत सम्बन्ध र दुइ देशबीचको जनसम्बन्ध बाहेक अन्य नीतिगत विषयमा वार्ता गर्ने कार्यक्रम नै नरहेको भन्दै चिनियााहरुले प्रचण्डको भनाइप्रति आश्चर्य ब्यक्त गरेका हुन। त्यसमाथि अर्काको मामिलामा हत्पति बोल्दै नबोल्ने चिनियााहरुले भारतीयहरुसंग नेपालका विषयमा बोल्ने सवालै नउठने पनि बताइएको छ। भारतसंगको तितो विगत सुमधुर बन्दै गएको र एशियाका शक्ति राष्ट्र बन्दै गरेका भारत र चीनले नेपाललाई पनि मिसाएर रणनीति बनाउनु पर्ने चासो कुनै पनि क्षेत्रमा नदेखिएको पनि कूटनीतिज्ञहरुले बताएका छन्। भारत र चीनबीच ठूल्ठूला समस्या छन् तर त्यसमा नेपाललाई मिसाउनु पर्ने आवश्यकता उनीहरुले नठान्ने उनीहरुको भनाई छ।
चीनले सिक्किमलाई र भारतले तिब्बतलाई मान्यता नदिएको अवस्थाबाट सम्बन्ध सुधार गर्दै अघि बढेका चीन र भारतले प्रचण्डलाई सत्ता दिलाईदिन रणनीति बदल्लान भन्ने ठानेर सार्वजनिक रुपमा बोल्नु प्रचण्डको बच्कना पन भन्दा अरु नभएको बताइन्छ। बरु प्रचण्डले बोल्दाबोल्दै जिव्रो चिप्ल्याएर चीनले भारतसंग सम्बन्ध सुधार गर्न सुझाव दिएको भनेर भारतसंग सम्बन्ध सुधार गर्ने मनाशय ब्यक्त गरेको पुष्टी भएको विश्लेषण गरिएको छ। केहीले प्रचण्डको अभिब्यक्तिलाई आफूलाई कूटनीतिज्ञ बताउने रमेशनाथ पाण्डेसंग पनि जोड्न थालेका छन्। जिन्दगीमा झुठो बोल्ने भन्दा केही नजानेका पाण्डेले पनि यसैगरी हुंदै नभएका कुरा गरेर कुप्रचार गर्ने गर्थे भने प्रचण्डले पनि त्यसै गरेर आफ्नो विश्वसनीयता गुमाएको विश्लेषण वौद्धिक जगतले गरेको छ।

0 comments:

Post a Comment