Monday, October 25, 2010

प्रचण्ड परिवारमा फेरि डिभोर्स?


काठमाडौं। एमाओवादीका अध्यक्ष प्रचण्डको घरमा दोस्रो सम्बन्ध बिच्छेदको चर्चा चलेको छ। छोरा प्रकाश दाहालले पार्टी सचिव पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग सम्बन्ध बिच्छेद गरेको तीन वर्ष पुग्न नपाउदै माइली छोरी गंगा दाहालको सम्बन्ध बिच्छेद गराउन लागिएको चर्चा माओवादी पंक्तिमा चलेको छ। प्रचण्डकी छोरी गंगा दाहालको भारतको सिलगुडी निवासी नारायण प्रधानसँग वैवाहिक सम्बन्ध कायम भएको थियो। प्रचण्डपुत्रीको सो सम्बन्ध विच्छेद गराउने तयारी गरिएको प्रचण्डको पारिवारिक पक्षलाई उद्धृत गर्दै समाचार सूत्रले बताएको छ। सूत्रका अनुसार प्रचण्ड पत्नी सीता दाहाल सम्बन्ध विच्छेद गराउने कार्यमा सक्रिय भएको चर्चा नयाँबजारतिर चलेको छ। सीता दाहालले छोरा प्रकाशको वैवाहिक सम्बन्ध क्षेत्रीसँग विच्छेद गराइ बाहुनसँग गाँसेझैं छोरीको सम्बन्ध पनि नेवारसँग विच्छेद गराइ बाहुनसँग गाँस्ने प्रयासमा लागेको चर्चासमेत यही बखत चलेको छ।

नयाँबजार स्रोतका अनुसार नारायण प्रधानलाई 'बरु नगद जति चाहिन्छ त्यति नै लैजानु तर गंगासँगको सम्बन्ध विच्छेद गरिदिनुस्' भनी सीता दाहालले आग्रह गरेपछि प्रधान बिचलित भएका छन्। स्वयं प्रचण्डले समेत नारायण प्रधानलाई गंगासँग भएको विवाहलाई इतिहासको एउटा छोटो घटना सम्झेर सम्बन्ध विच्छेद गर्न आग्रह गरेका थिए। हुर्किसकेकी छोरीका बाबु नारायण प्रधानले भने प्रचण्डको परिवारले गरेको सम्बन्ध विच्छेदको आग्रहलाई अस्वीकार गरेको स्रोतले बताएको छ। जनयुद्धकालमा माओवादी नेता मोहन वैद्यसँगै नारायण प्रधान सिलगुडीमा गिरफ्तारमा परेका थिए। माओवादीको प्रवासी नेपाली संगठनका नारायण प्रधान सक्रिय कार्यकर्ता हुन्। उनका बाबु बद्रीनारायण प्रधान पनि वामपन्थी राजनीतिमा झुकाव राख्थे। नारायण प्रधान हाल सिलगुडीकै एउटा विद्यालयमा अध्यापन गराउँछन्। अध्यक्ष दाहाल पत्नी सीता आफ्ना छोराछोरीलाई अत्यन्तै माया गर्छिन्, त्यतिमात्र होइन, छोराछोरीको हरेक निर्णय पनि आफू नै गर्न चाहने आमाका रुपमा समेत उनी माओवादी पंक्तिमा चिनिन्छिन्

0 comments:

Post a Comment