Friday, October 29, 2010

प्रशान्तको हवाई प्रेम


पहिलेका इण्डियन आइडल, अहिले गायकबाट नायक बन्दै गरेका उम्दा कलाकार दार्जिलिङ्गका प्रशान्त तामाङ हवाई प्रेममा छन् । तपाईलाई लाग्ला यो हवाई प्रेम भनेको उनी हवाई यात्रा गर्न रुचाउँछन्, तर होइन् उन्को हवाई प्रेम हो, उन्की प्रेमिका, जो एअरहोस्टेस हुन्, अनि भएन त प्रशान्तको हवाई प्रेम ।

उनी हवाई प्रेममा मात्र छैनन्, हवाई प्रेमलाई विवाह गर्न पनि निक्कै आतुर छन् । गोर्खा पल्टनको प्रेस मिटमा भेटिएका प्रशान्त निक्कै खुले । उन्ले नेपाली नायिकाहरुसागको अफेयरलाई हावादारी भनेर आफ्नी प्रेमिकाको बखान गर्न थाले ।

इन्डियन आइडल बनेपछि बैङलोरमा भेटिएकी एउटी युवटी प्रशान्तकी प्रेमिका हुन्, जो अहिले एअर होस्टेजको काम गर्छिन् । प्रशान्त विवाहका लागि निक्कै हतारिएका छन्, उनी सके यही वर्ष भित्र विवाह गर्ने सुरसारमा छन् । प्रशान्तलाई हाम्रो पनि अग्रीम बधाई । यही वर्षको मंसिरमा विहे होस्, शुभकामना पनि

0 comments:

Post a Comment