Wednesday, October 27, 2010

अस्ट्रेलियामा सबै नेपाली टीभी च्यानलहरु हेर्न पाइने


ड्नी । अस्ट्रेलियामा बस्ने नेपालीहरुले आफ्नो घरको टीभी स्क्रीनमा अब प्राय सबै नेपाली टी भी च्यानलहरु हेर्न पाउने भएका छन । altसिड्नीमा सञ्चालन गरिएको माई टी भी च्यानल्स डटकम डटएयूले गत १ सेप्टेम्बरदेखि यो सेबा बितरण गरिरहेको छ ।

माई टी भी च्यानल्स डटकम डटएयूका महानिर्देशक महेंद्र ओलीका अनुसार यसले ३ वटा प्याकेजमा आफ्नो सेबा बितरण गरिरहेको छ, जस अनुसार पहिलो 'ब्यासिक प्याकेज"हेर्न ग्राहकले महिनाको ३६ डलर तिर्नु पर्ने हुन्छ । यो प्याकेज अनुसार ग्राहकले नेपाल टी भी, कान्तिपुर टी भी, इमेज च्यानल, एभिन्युज टी भी, एन टी भी २, भिजन नेपाल, तराई टी भी लगायतका चौध वटा टेलिभिजन हेर्न सक्ने छन । यो टी भी प्याकेजको लागि यही नोभेम्बरको अन्तसम्म २५ % देखि ३५ % सम्म छुटको ब्यबस्था गरिएको छ ।

यो टेलिभिजन कम्प्युटरमा वा सेटअप बक्स राखेर टी भी को स्क्रीनमा सजीलै हेर्न सकिन्छ । यसको लागि ५० गीगा बाईट वा त्यों भन्दा बेसीको ब्रोड ब्यान्ड इन्टरनेट कनेक्सन हुन जरुरी छ । यसको मोबिलिटी र फ्लेक्स्जीबीलिटीको सुबिधा भएको हुनाले घरमा , आफिसमा वा सन्सारको जूनसुकै कुनामा गएपनि ग्राहकले आफ्नो रूचि अनुसार नेपाली टेलिभिजन कार्यक्रमको मज्जा लिन सक्ने छन ।

ओलीका अनुसार यो टी भी च्यानेलका अन्य प्याकेजहरुमा अर्को"प्रीमियम प्लस" र "देसी प्याकेज" रहेका छन । यी प्याकेजहरु अहिले बजारमा बितरण गर्न शुरू नगरिए पनि निकट भबिष्यमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment