Friday, October 29, 2010

भरियाको कमाइ मासिक पैंतीस हजार


तपाईंलाई पत्यार नलाग्न सक्छ, एउटा भरियाले मासिक ३५ हजारसम्म आम्दानी गर्छन् भनेर । तर, यो सत्य हो । डोल्पाका एक भरियाले न्यूनतम मासिक ३५ हजारसम्म आम्दानी गर्छन् । अझ पर्यटकको आगमनमा वृद्धि भएको समयमा अर्थात् पर्यटकीय मौसममा त योभन्दा पनी बढी आम्दानी गर्ने गर्छन्, डोल्पाली भरियाले ।
सामान्यतया भरियाको आम्दानी दैनिक एक हजारदेखि १५ सय भए तापनि पर्यटकीय मौसममा पर्यटकको चापअनुसार उनीहरूको ज्याला तय हुने गरेको उनीहरू ब्ाताउँछन् । केही भरियाले दैनिक ज्याला लिने गरेका छन् भने केही भरियाले पर्यटकको प्याकेजका आधारमा ज्याला लिने गरेको पर्यटक गाइड चन्द्र डाँगी बताउँछन् ।
'म महिनाको कहिलेकाहीँ तीन पटकको पर्यटकको भारी एकै पटक बोकेर जाने गरेको छु । एक पटकमा सात दिनको यात्रा रहेको हुन्छ,' जुफाल एयरपोर्टमा भारी बोक्न आएका रामचन्द्र डाँगीले बताए, 'हरेक पटकको समयमा न्यूनतम १० हजारसम्म रुपैयाँ लिने गरेको छु ।'
डोल्पाको जुफाल एयरपोर्टदेखि नेपालको सबैभन्दा गहिरो ताल पुग्न दर्ुइ दिनको यात्रा गर्नुपरे तापनि पर्यटकका लागि चार दिनको यात्रा तय गर्नुपर्छ । तर, भरियाले त्यही बाटोबाट दैनिकको हिसाब वा प्याकेजको हिसाबले भारी बोकेर लैजाने गर्छन् । एकजना भरियाले सामान्यतया ३० केजीसम्म बोक्ने गर्छन् ।
तर, फोक्सुण्डो तालभन्दा माथि माथिल्लो डोल्पा जान आधा महिनाको यात्रा तय गर्नुपर्ने हुन्छ । माथिल्लो डोल्पा जान भरियाको मूल्य झन् बढी भएको भरिया डाँगी बताउँछन् । उनी भन्छन्, 'माथिल्लो डोल्पा जान आफूलाई चाहिने सम्पर्ूण्ा समानहरू लिएर जानुपर्ने हुन्छ । माथिल्लो डोल्पामा कुनै पनि समान नपाइने तथा मानव बस्ती पनि निश्चित स्थानमा मात्र पाइने र यात्रा पनि कठिन भएका कारण भरियाको मूल्य बढी भएको हो ।
'एक दिनको भारी बोकेबापत सरदर किलोको एक हजार रुपैयाँ लिन्छौं, अफसिजनको बेला पाँचदेखि सात सयसम्म भारी बोकिने डोल्पाको जुफाल एयरपोर्टदेखि भारी लिएर हिँडेका हरि लामाले भने । उनका अनुसार किलोका दरले भन्दा सहमतिमा भारी बोकेमा भरियालाई फाइदा हुन्छ । उनका अनुसार धेरैजसो युवा भ्ाारी बोक्न लाज मान्ने भएका कारण पनि यो पेसामा भरिया कम भएको उनले बताए । केही युवाहरू विदेशमा गएर भाँडा माझ्न तयार हुने तर यहाँ भारी बोक्न नमान्ने
उनले बताए ।
त्यस्तै, सिजन बेलाको दैनिक हिसाबले हर्ेर्ने हो भने न्यूनतम मासिक एक हजार रुपैयाँ दरले एकजना भरियाको एक महिनाको कमाइ ३० हजार हुन पुग्छ । भरियाले पर्यटकीय समयमा पर्यटकले लिएर गएको सामान तथा तिनीहरूलाई यात्राका क्रममा चाहिने सरसमान बोक्ने गर्छन् । तर, पर्यटकीय समय नभएको बेला घर, होटल वा लज निर्माणका सामान, दैनिक खाद्यान्न, व्यापारिक वस्तुलगायतका सरसामान बोक्ने गर्छन् ।
असोजदेखि वैशाखसम्म पर्यटकको सिजन बेला यस पर्यटन मार्गमा भरिया पाउन निकै गाह्रो हुन्छ । पर्यटन सिजन आउनुअगावै डोल्पाका पर्यटन व्यवसायीहरू भरियाको बुकिङसमेत गर्ने गर्छन् । यदि भरियालाई पहिले नै जानकारी नगराए पर्यटकीय समयमा भरिया नपाइने पर्यटन व्यवसायी जितेन्द्र झाँक्री बताउँछन् ।
डोल्पाको एयरपोर्टबाट पर्यटकीय स्थल फोक्सुण्डो ताल, माथिल्लो डोल्पा, बौद्ध धर्मको उद्गम स्थल डोल्पाको सदरमुकाम दुनै बजारलगायतका अन्य भेगमा सामान लैजान भरियाबाहेक अन्य विकल्प नै छैन । केही स्थानमा त खच्चडले समेत समान लैजाने गर्छन्, तर सबै स्थानमा खच्चड नजाने भएका कारण सामान लैजान भरिया नै उपयुक्त हुने गर्छ ।

0 comments:

Post a Comment