Thursday, October 28, 2010

विद्रोहको तयारीको लागि जनसेना चीनमा गएको प्रधानमन्त्रीको भनाई


कार्तिक ११ । प्रधानमन्त्री माधव कुमार नेपालले एकीकृत नेकपा माओवादीका जनसेना विदेश भ्रमण विद्रोहको तयारी भएको दावी गर्नु भएको छ ।
जनसेनाका कमाण्डर विदेश भ्रमणमा गएर शिविरमा सेना र हतियार राखेर तथा देशलाई बजेट विहिन बनाएर माओवादीले युद्धको तयारी गरिरहेको उहाँको आरोप छ ।
आज बिहान पोखरा विमानस्थलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री नेपालले विद्रोह तयारीकै लागि माओवादी सहमतिबाट पछि हटेको आरोप समेत लगाउनु भयो ।
उहाँले बजेटको सम्बन्धमा माओवादी गैर जिम्मेवारी र अनुत्तरदायी बनेको दावी गर्नु भयो ।
प्रधानमन्त्री नेपालले चीन भ्रमणमा गएका माओवादी जनसेनाका कमाण्डरहरुसँग स्पष्टिकरण मात्र लिने भनेको तर कार्वाहीको कुरा आफुले कर्त नगरेको दावी समेत गर्नु भयो ।
कुलपतिको हैसियतले पोखरा विश्व विद्यालयको ११ औ सभाको सभापति ग्रहण गर्न पोखरा पुग्नु भएको प्रधानमन्त्री नेपालले कार्तिक महिना भित्रै जसरी पनि सरकारले बजेट ल्याउने दृढता व्यक्त गर्नु भयो ।

0 comments:

Post a Comment