Thursday, October 28, 2010

एक सातापछि एमआरपी नेपालमा


११ कात्तिक, काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) एक सातापछि फ्रान्सबाट नेपाल आइपुग्ने भएको छ । पहिलो चरणमा ४ लाख एमआरपी नेपाल भित्रने छन् ।

कात्तिक १७ देखि २० गते भित्र पहिलो चरणमा एमआरपी नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

फ्रान्सेली कम्पनि ओबर्थर टेक्नोलोजिजले एमआरपी छाप्ने काम सम्पन्न गरिसकेको र नेपाल पठाउने प्रक्रिया सुरु गरेको बताइएको छ ।

खालि पासपोर्ट नेपाल आएपछि व्यक्तिगत सूचना भरिने छ । सूचना भर्ने मेसिन भने काठमाडौं आइसकेको छ । फारम भरेको ६ देखि ८ हप्ताभित्र एमआरपी उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ)को बाध्यकारी प्रावधानअनुसार नेपालले सन् २०११ जनवरी १ तारिकबाट एमआरपी वितरण गर्नुपर्नेछ । गत भदौको दोस्रो साता सरकार र ओबर्थर कम्पनिबीच एमआरपी छपाईमा हस्ताक्षर भएको थियो ।

0 comments:

Post a Comment