Wednesday, October 27, 2010

रेलको ठक्करबाट साउदी अरेबीयामा चारजना नेपालीको मृत्यु


रियाद, कात्तिक २। साउदी अरबीयाको राजधानी सहर रियादबाट होफुफतर्फ गइरहेको यात्रुबाहक रेलले ठक्कर दिएर चारजना नेपाली र एक भारतीय कामदारको ज्यान गएको अरब न्यूजले जनाएको छ।

altसाउदी रेल्वे अर्गनाइजेसनलाई उद्धृत गर्दै अरब न्यूजले सो दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक नेपालीलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएको छ।

मृत्यु भएका कामदारहरू आर्किरोडोन कन्स्ट्रक्सन कम्पनीका तर्फबाट रेलसेवा विस्तारको काममा त्यहाँ कार्यरत थिए। यद्यपि अरब न्यूजले मृत्यु भएका चारजना नेपाली, एक भारतीय र घाइते भएका नेपाली कामदारको नाम दिएको छैन।

0 comments:

Post a Comment