Friday, October 29, 2010

गोविन्दापुत्री पनि चलचित्रमा


बलिउडकर्मीका छोराछोरीले बलिउड पर्दामा डेब्यु गर्ने क्रम लगातार बढ्दै गएको छ । पछिल्लो पटक अभिनेता गोविन्दाकी छोरी नर्मर्दा अहुजा पनि चलचित्रमा देखिने भएकी छिन् । डेब्यु चलचित्रबाहेक नर्मदाले अन्य दुईवटा चलचित्रसमेत साइन गरिसकेको स्रोतले उल्लेख गरेको छ । ती चलचित्रमध्ये दुइटा सन् २०११ मा र तेस्रो चलचित्र सन् २०१२ भित्र दर्शकसामु पुग्ने बताइन्छ । आफ्नो चलचित्रका बारेमा थोरै मात्र खुलेकी नर्मदाले आफ्ना चलचित्रहरू कमेडी, रोमान्टिक कमेडी एवं लभ स्टोरी भएको बताएकी छिन् । नर्मदाले किशोर नमित कपुर एक्टिङ इन्स्िटच्युट एवं लन्डन फिल्म इन्स्िटच्युटबाट अभिनय सिकेकी छिन् ।

0 comments:

Post a Comment