Monday, October 25, 2010

भारतीय राजदूतलाई जुत्ता हानेकोबारे अध्ययन गर्न निर्देशन


काठमाडौं, कार्तिक ८ - भारतीय राजदूत राकेश सूदमाथि जुत्ता प्रहार गरिएकोबारे अध्ययन गर्न गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

'घटनाको सम्वन्धमा यथार्थ छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न र घटनामा संलग्न व्यक्तिहरुको बारेमा सुक्ष्म अध्ययन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ,' गृहको विज्ञप्तीमा उल्लेख छ ।

गृह मन्त्रालयले कुटनीतित्रहरुको सुरक्षामा चासो दिन पनि सुरक्षा निकायलाई निर्देशन दिएको छ । असोज २० गते सोलुखुम्बुको एक कार्यक्रममा सहभागी हुन गएका भारतीय राजदूत सूदमाथि पूर्व मन्त्री तथा माओवादी पोलिटब्युरो सदस्य गोपाल किराँतीको नेतृत्वको माओवादी समूहले जुत्ता प्रहार गरेको थियो ।

उक्त घटनाबारे गृह मन्त्रालयले असोज २६ गते विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको थियो । यसअघि भारतको विदेश मन्त्रालयले आफ्ना राजदूतमाथि माओवादीद्वारा भएको जुत्ता प्रहार र कालोझन्डा प्रदर्शनलाई लिएर नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई कूटनीतिक चेतावनी दिएको थियो ।

0 comments:

Post a Comment