Friday, October 29, 2010

व्यवसायीले भोलिदेखि इन्धन ढुवानी ठप्प पार्ने


१२ कात्तिक, वीरगंज । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शनिबारदेखि अनिश्चितकालका लागि इन्धनको आयात र ढुवानी ठप्प पार्ने भएको छ ।

भारतको बरौनीदेखि बाराको अमलेखगन्जसम्म पर्याप्त मात्रामा इन्धन ढुवानी गर्न पाउनुपर्ने माग गर्देै कात्तिक ७ गतेदेखि महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

महासंघले अघि सारेको माग प्रति नेपाल आयल निगम र आपूर्ती मन्त्रालयले वार्ताका लागि गम्भीरता नदेखाएको भन्दै ढुवानी व्यवसायीले शनिबारदेखि भारतको बिहारस्थित रक्सौल र बाराको अमलेखगन्जस्थित डिप्पोबाट पेट्रोल, मट्टीतेल, डिजल, हवाइ इन्धन लगायतको ढुवानी र लोड अनलोड ठप्प पार्ने घोषणा गरेका हुन् ।

महासंघको आह्वानमा शुक्रबार ढुवानी व्यवसायीहरुले बाराको अमलेखगन्ज र बिहारको रक्सौलस्थित इन्धन डिप्पोमा दुई घण्टा धर्ना दिएका थिए । रक्सौलस्थित भारतीय आयल निगममा आज बिहान दश बजेदेखि १२ बजेसम्म ढुवानी व्यवसायीहरुले इन्धनको लोड अनलोड ठप्प पारेको ढुवानी व्यवसायी सुशिल खेतानले बताउनुभयो । त्यस्तै बाराको अमलेखगन्जमा शुक्रबार १२ बजदेखि दुई बजेसम्म महासंघका केन्दि्रय सदस्य मनोज दासको नेतृत्वमा धर्ना दिइएको महासंघले जनाएको छ ।

0 comments:

Post a Comment