Friday, November 12, 2010

अब ड्राइभर सुत्न नपाउने, दुर्घटना नहुने

लण्डन । बैज्ञानिकहरुले सवारी चालकलाई सवारी चलाइरहेका बेला निदाउन नदिनका लागि एउटा प्रविधिको विकास गरेका छन् । यो प्रविधिबाट संसारभरमा ३००,००० व्यक्तिको सवारी दुर्घटनाका कारण हुने मृत्यु रोक्न सहयोग पुग्ने विश्वास गरिएकोछ।
जर्मनीका फ्रांनहोफर संस्थानले यो प्रविधि अर्थात प्रणालीको विकास गरेको हो। यो प्रविधिमा स-साना क्यामेराले चालकको आँखाको गतिको निगरानी गर्नेछ र जब चालक निदाउन लाग्नेछ आलर्म बज्नेछ।
समाचारपत्र डेली मेलका अनुसार जब चालकको टाउको दायाँ वा बायाँ घुम्नेछ तब यो क्यामेराले चालकको दृष्टिरेखाको पिछा गर्नेछ। यसका लागि ६ वटा क्यामेरा प्रयोग हुनेछ, जसमा तीनदेखि चार मिलिमिटरको लेन्स लागेको हुनेछ। यो प्रणालीको माध्यमबाट दृष्टिरेखा, आँखीभौंको स्थिति वा अन्य कुराको आधारमा चालको निद्रा पत्ता लगाउनका लागि प्रतिसेकेन्ड २०० तस्वीर लिन सकिनेछ।
संस्थानका बैज्ञानिक पिटर हसरका अनुसारयो प्रविधिबाट यो कुरा तत्काल पत्ता लगाउन सकिनेछ कि चालकको आँखा कतिबेला थकित थियो वा कतिबेला केही पलका लागि बन्द भएको थियो। आलर्मका रुपमा या त घण्टी बज्नेछ वा चालकमाथि प्रकाशको चर्को गति पर्नेछ। बजारमा पाइने कुनै पनि कारमा यो प्रविधि प्रयोग गर्न सकिनेछ।
जनवरी २०११ मा यसको परिक्षण सुरु हुनेछ र डिसेम्बरमा यो प्रविधि विक्रीका लागि बजारमा उपलव्ध हुनेछ। एजेन्सी

0 comments:

Post a Comment