Saturday, November 13, 2010

जनकपुरमा सर्बसाधारणको गोली हानी हत्या

२७ कात्तिक, जनकपुर । धनुसाको जानकी मन्दिर नजिक हतियारधारी समूहले शनिबार विहान एक सर्बसाधारणको गोली हानी हत्या गरेको छ । दुई/तीन जनाको संख्यामा रहेको समूहले मन्दिर नजिकै छठ पर्व मनाइरहेका जनकपुर-९ साकेतनगर बस्ने ३२ वर्षीय मुकेश दत्तको विहान ३ बजे गोली हानी हत्या गरेको हो । व्यक्तिगत रिसिईवीका कारण दत्तको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । दत्तको घाँटीमा एउटा गोली लागेको जनकपुर अन्चल अस्पतालले पुष्टि गरेको छ ।
छठपर्वको चहलपहलको कारण निकै व्यस्त रहेको सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिए प्रहरी चौकीभन्दा ३ सय मिटरको दुरीमा गोली प्रहार भएको थियो । आतसबाजीको कारण गोली चलेको आवाज नसुनिएकोले घटनाबारे प्रहरीले ढिलोमात्र जानकारी पाएको थियो ।
हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । हत्याको कारण र हत्या गर्ने समूहको पहिचान भएको छैन । घटनापछि जनकपुरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

0 comments:

Post a Comment