Friday, November 12, 2010

चार सन्तान जन्माउने महिलालाई अमेरिकाबाट सहयोग

काठमाडौं, कात्तिक २६ । एकैपटक चार सन्तानलाई जन्म दिएकी रोल्पा तेबाङकी टिका विकलाई अमेरिकामा रहेका एक नेपालीले आर्थिक altसहयोग गरेका छन् ।

ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रसाद मैनालीले बिकलाई नगद १० हजार सहयोग गरेका हुन् । मैनालीले थप ५० हजार रुपैंया सम्म सहयोग गर्ने बताएका छन् ।

इन्टरनेट मार्फत प्रतिक्रिया दिदैं मैनालीले दुईदिन पछि २५ हजार र बाँकी २५ हजार रुपैंया तीन महिना भित्रमा पठाउने जानकारी दिए । अनलाईन र टेलिभिजन मार्फत विकले चार सन्तानलाई एकैपटक जन्माएको खबर थाहा पाएको र उनको अबस्था दयनीय भएकाले सबैलाई आर्थिक सहयोग गर्न आग्रह समेत गरेका छन् ।

विकले गत सोमबार एकैपटक चार सन्तानलाई जन्म दिएकी थिइन् । जसमा एक सन्तानको शुक्रवार मृत्यु भएको छ ।

0 comments:

Post a Comment