Thursday, November 11, 2010

झाँक्रीको भर पर्दा २० वर्षीय सुत्केरीको मृत्यु


कञ्चनपुर, कात्तिक २५। धामी–झाँक्रीबाट उपचार गराउन खोज्दा प्रशव पीडामा रहेकी कञ्चनपुरको पिपलाडी–६ की २० वर्षीय महिलाको सुत्केरी हुन नसक्दा मृत्यु भएको छ।
गाउँ नजिकै २४ घन्टे वर्थिङ सेन्टर रहेको भए पनि जनचेतना अभावका कारण भूत लागेको भन्दै आफन्तले धामी–झाँक्रीबाट उपचार गराएका थिए।
प्रशव पीडा सुरु भएको १४ घन्टापछि कल्पना धानुकको बुधबार मृत्यु भएको हो। यसअघि सुडा–१ की २७ वर्षीया मञ्जु बोहराको सुत्केरीका लागि अस्पताल लैजाँदै गर्दा पाँच दिनअघि बाटोमै मृत्यु भएको थियो।

0 comments:

Post a Comment