Thursday, November 11, 2010

एरिजोना कानुनको पक्षमा आर्थिक सहयोगको ओइरो


अबैधानिक आप्रबासीविरुद्व एरिजोना राज्यले ल्याएको कानुनबारे बहस चलिरहेका बेला त्यसको पक्षमा काननुी लडाई लडन अमेरिकाका बिभिन्न राज्यबाट आर्थिक सहयोग गर्नेक्रम बढेको छ ।
एरिजोना गभर्नर जेन बि्रवरद्वारा स्थापित कानुनी-सुरक्षा कोषमा पिट्सवर्ग स्टिल तथा बैंकका मालिक टिमोथी मेलोनले अहिलेसम्मकै सवैभन्दा बढी १५ लाख डलर अनुदान गरेका छन् । योमिङ बासिन्दा मेलोन कोषलाई अनुदान गर्ने ४२ हजार दाताहरुमध्येका एक हुन् ।
एरिजोना संसदले केहि महिनाअघि गैरकानुनी आप्रबासीविरुद्व कानुन पारित गरेको थियो तर त्यसलाई कार्यन्वयन नगर्न संघीय अदालतले अन्तरिम आदेश दिएपछि सो कानुन अहिले बिचाराधीन अबस्थामा छ ।
एरिजोना कानुनअनुसार अवैधानिकरुपमा अमेरिका बस्नु गैरकानुनी र अपराध मानिनेछ भने प्रहरीले शंकास्पद जोकोहिलाई उनिहरुको बैधानिकताबारे सोधपुछ गर्न सक्नेछ ।
मेलोनको तुलनामा अन्य ब्यक्ति तथा संघसंस्थाहरुले नगन्य आर्थिक सहयोग गरेका छन् । सेप्टेम्बर ९ सम्म प्राप्त आर्थिक सहयोग २० देखि १०० डलरको बीचमा रहेको बुझिएको छ । देशको ५० राज्यलगायत कोलोम्बिया जिल्लाबाट कानुनका समर्थकहरुले कोषमा अनुदान दिएका छन् । एरिजोना, क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्यूओर्क लागायतबाट अनलाइन आर्थिक सहयोग समेत प्राप्त भैरहेको छ ।

0 comments:

Post a Comment