Monday, February 21, 2011

त्रिपालले छोप्दा पनि गाई बलात्कृत ! / पत्नीले गरिन् उजुरी


हेटौंडा, (नेस), आफ्नै गाई बलात्कार हुने डरले त्रिपालले छोपेर राखे पनि आधा रातमा कसैलाई पत्तै नदिई त्यस्तो काम गरेको भन्दै पत्नीले उजुरी दिँदा पति प्रहरी फन्दामा परेका छन्।हेटौंडा-९ लामसुरेका कर्णबहादुर खड्काले शनिबार राति आफ्नै गोठमा बाँधेर राखिएको गाईलाई करणी गरेका थिए। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक दीपक न्यौपानेको टोलीले खड्कालाई पक्राउ गरेको हो। करिब ४५ वर्षीय खड्काले उक्त गाई र घरका बाख्रालाईसमेत करणी गर्दै आएको पनि न्यौपानेले बताए।करणीको रात त्यस्तो घटना फेरि हुने डरले पत्नीले गाईको पूरै शरीर त्रिपालले छोपछाप पारी राखेकी थिइन्। उनले राति सुत्ने बेला पतिलाई आज पनि त्यसो नगर्नूस् है -भनी ढोका बन्द गरी सुतेकी थिइन्। तर राति सबै निदाएको मौका छोपेर खड्काले त्यसो गर्न भ्याइहाले। प्रहरी टोली घटनास्थल पुग्दा गाईको यौनाड्डबाट रक्तश्राव भइरहेको देखिएको प्रनि न्यौपानेले बताए। हाल गाईको अवस्था ठीक रहेको जनाइएको छ। खड्कालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नियन्त्रण कक्ष मकवानपुरले जनाएको छ। उनले प्रयोग गर्ने मोबाइल सोही बेलादेखि घरबाटै हराएको छ।पुनरावेदन अदालत हेटौंडाका पियन रहेका खड्काले यसअघि पनि थुप्रैपटक गाई र छरछिमेकका बाख्रा करणी गर्ने गरेको खुलेको पनि न्यौपानेले बताए। यसअघिका घटनालाई स्थानीयबासी र परिवारजनले थामथुम पारे पनि यस पटक अति भएपछि घटना परिवारजनबाटै सतहमा आएको हो।

0 comments:

Post a Comment