Monday, February 21, 2011

सहोदर दाजुबहिनीबीच बिहे !


AIRELAND,के तपाई सोच्न सक्नुहुन्छ, सहोदार दाजु र बहिनीबीच बिहे हुन्छ भनेर ? धर्म र नैतिकताको दृष्टिकोणबाट हेर्दा यो त ठूलो पाप हो नै बिज्ञानले समेत यसलाई दोषयुक्त मानेको छ । तर, आयरल्याण्डका दाजुबहिनी सम्बन्ध भएका एक जोडीले चौतर्फी आलोचना र कानुनको धज्जी उडाउँदै चाडै लगनगाँठो कस्ने भएका छन् । प्रेममा अन्धा बनेका उनीहरुलाई संसारको कुनै परवाह छैन । जस्तोसुकै चुनौति आए पनि बिहे गरिछाड्ने अठोट लिएका छन् यी दाजुबहिनीले ।आफ्नो खास परिचय लुकाउादै जेम्स र मौर दाबी गर्ने यो जोडीले भेटको पहिलो हप्तामै एकअर्काबीच गहिरो प्रेम सम्बन्ध बसेको याहुन्यूजले जनाएको छ । ‘जब पहिलो नजरमा प्रेम भयो, हामी दाजुबहिनी हौ भन्ने थाहै भएन,’ जोडीले स्विकार्दै भने, ‘मार्क नामको हाम्रो दुई वर्षको छोरो छ । हामी चाडै बिहे गर्दैछौ ।’ आमाबुबाको गल्तीले समस्यामा परेका जोडीले बिहेको सबै तयारी सकिएको र शपिङ पनि सकिएको बताए ।सन् १९८० तिर टम नामका एक युवकसँग गरेको ५ हप्ते डेटिङका क्रममा जेम्सको आमा गर्भवती बनेकी थिइन । तर उनले पछि अर्कै पुरुषसँग नया सम्बन्ध कायम गर्न पुगिन । फलत नाबालक जेम्सको बुबाको रुपमा उनै पुरुषको नाम जन्मदर्तामा राखिन् । जेम्सलाई छोरो दाबी गरेका टमको विपक्षमा अदालतले निर्णय सुनाएको थियो ।’मलाई भ्रममा राख्दै अदालतले जसरी वास्तविकता लुकायो, म त्यसरी नै कानुनी प्रणालीको बेवास्ता गर्न सक्छु,’ जेम्सले चुनौती दिदै बताए । आफूलाई आलोचना गर्नेहरुले आफ्नो वास्तविकता लुकाउने अदालतविरुद्व पनि उत्रन सक्नु पर्ने जेम्सले थपे । सौतेनी आमाबुबा बिहेमा उपस्थित भए पनि नभए पनि उनीहरुका सन्तानले बिहे गर्ने चाहि निश्चित भएको छ ।

0 comments:

Post a Comment