Friday, May 11, 2012

सन्नीको सुरक्षित सेक्स प्रबर्द्धन गर्ने चाहना ...

मुम्बई, वैशाख २८ (एजेन्सी)- पोर्न संसारबाट जिस्म २ नामको चलचित्रसँगै बलिउडको माया नगरीमा छिरेकी सनी लियोन केही समयअघि सुटिङका लागि बैंकक गएकी थिइन्। तर त्यहाँ सुटिङ भने कुनै चलचित्रको नभई कण्डमको विज्ञापनको भएको खुलासा भएको थियो।

अहिले म्यानफोर्सको त्यही विज्ञापनका कारण चर्चा बटुलिरहेकी पोर्न स्टारले आफू भारतीय युवाहरूमा सुरक्षित सेक्स प्रबर्द्धन गर्न चाहेको बताएकी छिन्। आफूले त्यही भएर कण्डमको विज्ञापनको सहारा लिएको उनले बताइन्। 





लियोनको यो विज्ञापन चाँडै नै टेलिभिजन तथा समाचारपत्रमा देखिनेछ। त्यसबाहेक युट्युबका लागि बेग्लै किसिमको बोल्ड विज्ञापन पनि तयार गरिएको छ। जसलाई चाँडै नै प्रसारण गरिँदैछ। यो विज्ञापन टेलिभजन अखबारको विज्ञापनभन्दा फरक हुनेछ।

लियोन सदैव आफूसँग कण्डम राख्‍ने गर्छिन्। लस एन्जल्स परिषदले सबै पोर्न स्टारलाई कण्डम राख्‍न अनिवार्य गरेदेखि नै उनले आफूसँग कण्डम राख्‍न थालेकी हुन्।

0 comments:

Post a Comment