Thursday, May 10, 2012

फेसबुकका मालिकको सम्पत्ति साढे १७ अर्ब डलर

फेसबुक कम्पनीका मालिक मार्क जुकरबर्ग विश्वका ३० जना सबैभन्दा धनी व्यक्तिभित्रमा परेका छन् । उनी माइक्रोसफ्टका मुख्य कार्यकारी बाल्मरभन्दा पनि धनी बनेका छन् । उनको कम्पनीमा रहेको अहिलेको शेयरमूल्य मात्र १७ अर्ब साठी करोड डलर पुगेको छ ।
फेसबुक कम्पनी आउँदो मे १८ मा औपचारिक रुपले शेयर बजारमा सूचिकृत भएर सार्वजनिक कम्पनी बन्दैछ । त्यसपछि जुकरबर्ग औपचारिक रुपमै विश्वमा ३० धनी व्यक्तिको सूचिमा पर्नेछन् । फेसबुक कम्पनीको कुल सम्पत्ति ७९ अर्ब ३० करोड डलर मूल्यांकन गरिएको छ ।
२७ वर्षका जुकरबर्ग अब अमेरिकी अर्बपति मिचेल डेल तथा रुसी अर्बपति भ्लादमिर लिसिन भन्दा पनि धनी हुनेछन् । फेसबुक सार्वजनिक कम्पनी बनेसँगै जुकरबर्गसँग त्यसको झण्डै ५८ प्रतिशत भोटिङ अधिकार रहनेछ ।
१८ मे मा औपचारिक रुपमा सर्वसाधारणका लागि शेयर बिक्रि खुल्ला गर्न लागेको फेसबुकले प्रतिशेयर मूल्य २८ देखि ३५ डलरसम्म तोकेको छ । तर शेयर मुल्य बढेर झण्डै ८० डलरसम्म पुग्ने अपेक्षा गरिएको छ । यसबाट फेसबुक विश्वमा सबैभन्दा मुल्यवान शेयर भएको इन्टरनेट कम्पनी बन्नेछ ।
विश्वको सबैभन्दा ठूलो अनलाइन सामाजिक संजाल फेसबुकका अहिले झण्डै ९० करोड प्रयोगकर्ता छन् ।

0 comments:

Post a Comment