Wednesday, May 9, 2012

गुगलले गुडाउँदैछ ड्राइभर बिनाका कार


अमेरिकाको नेभादाको सडकमा अब ड्राइभर बिनाका कार गुड्ने भएका छन् । नेभादा राज्यले अमेरिकामै पहिलोपल्ट चालक रहित कारलाई गुड्नका लागि लाइसेन्स दिएपछि अब चालक बिनाका गाडिको कल्पना यथार्थमै लागु हुने भएको हो । यसरी पहिलोपटक चालकरहित गाडि गुडाउन पाउने भाग्यमानी भने कुनै चर्चित मोटर कम्पनी नभएर इन्टरनेट कम्पनी गुगल हो ।
गुगलले जापानी कम्पनी टोयोटाको कारलाई मोडिफाइ गरी आफ्नै ढंगको बनाएर चालक नहुँदा पनि गुड्न सक्ने बनाएर चालक रहित कारका प्रविधिमा अगुवाई गरेको छ । अहिले नेभादामा अरु कार कम्पनीहरुले समेत स्वचालित कारको लाइसेन्स लिनका लागि इच्छा व्यक्त गरिरहेको बताइन्छ ।
यो स्वचालित कारमा विशेष प्रविधिको प्रयोग भएको हुन्छ । कारको छतमा भिडियो क्यामरा राखिएको हुन्छ र त्यसमा राडार सेन्सर तथा आसपासका वस्तुहरुको बारेमा जानकारी दिने लेजर रेन्ज पनि जडान गरिएको हुन्छ । गुगलको इन्जिनियरहरुले यो कारलाई यसअघि नै क्यालिफोर्नियाको सडकमा परिक्षणको रुपमा गुडाएका थिए । त्यतिबेला स्वचालित कारले सकुसल रुपमा सन प|mान्सिस्कोको गोल्डेन गेट पुल पार गरेको थियो ।
नेभादाको मोटर भेइकल विभागका निर्देशक ब्रुस ब्रेस्लो स्वचालित कार भविष्यमा मानिसका लागि उपयुक्त छनोट बन्न सक्नेछ । गुगलको स्वचालित कारलाई रातो प्लेट प्रदान गरी अरु कारबाट सजिलै चिन्न सकिने बनाइएको छ । नेभादाले गएको मार्चमा यातायात सम्बन्धी नियम परिवर्तन गरी स्वचालित कारलाई लाइसेन्स दिने नियम बनाएको थियो । क्यालिफोर्निया राज्यले पनि स्वचालित कारलाई लाइसेन्स दिने नीति ल्याउन लागेको बताइएको छ ।

0 comments:

Post a Comment