Wednesday, May 9, 2012

हल्लै हल्लामा राजेश र दीपाको बिहे


यो हल्लै हल्लाका देशमा अनेक हल्ला फैलिन्छन र ती त्यसैगरि हराउँछन् । यस्तो हल्लाको शिकार कलाकार पनि भइरहेका छन् । जस्तो हालै भोगिन- गायिका अञ्जु पन्तले ।  हल्लाकै मेलोमा मंगलबार बिहानैदेखि हल्ला चल्यो- राजेश हमाल र दीपाश्री निरौलाको बिहे हुँदै छ रे । फेसबुकभर फैलिएको यो हल्ला सुरुमा सामान्य ठट्टाका रुपमा आएपछि दिन ढल्किदै जाँदा करिव करिव समाचारको स्तरमा आउन थाल्यो ।
साँझपख अनलाइनखबरले सोध्यो- दीपाजी, तपाईको बिहे त राजेश हमालसँग हुन लागेछ नी ? दिनभर यस्तै प्रश्नको सामाना गरिरहेकी दीपाले भनिन- ‘म त दिनभर दिक्क भैसकें, हैरानै भएँ ।’ दीपाले नै हल्ला भनेपछि हामीले सोध्यौं- कसरी फैलियो त राजेशसँग बिहेको हल्ला ?
‘राजेश दाईसँग मेरो र दिपकको एउटा कार्यक्रम लण्डनमा थियो । यहींबाट यो खवर बाहिर आएको हुनसक्छ । लण्डनमा त धेरै साथीहरुसँग घुमियो होला, यसैले के अब मेरो बिहे सबैसँग हुन्छ भनेर भन्नु त ?’ दिपाले भनिन् -’कसैले यस्ता खवर लेख्नु अघि मलाई एक पटक सोध्नुपर्छ नि । जसले जे भन्यो त्यही लेखेर हुन्छ त ?’

दिपाको बिहे नायक राजेश हमालसँग हुँदैछ भन्ने खबर उनका एक गुरुले भनेको आधारमा बाहिर आएको हो । गुरुको भनाई भन्दै बिराटनगरको एक पत्रिकाले मुख्य पृष्ठमा यो समाचार छापेपछि धेरैलाई भ्रममा पार्‍यो । खवरस्रोत गुरुबा हुन भन्ने थाहा पाएपछि दीपाले गुरुलाई पनि फोन गर्न खोजिन तर नम्वर परिवर्तन भएछ ।
सिनेक्षेत्रमा हल्ला कुनै नौलो बिषय हैन् । तर आफुभन्दा आधा उमेरकी प्रेमिकासँग ‘डेट’ गरिरहेका राजेश हमालेको बिहे दीपासँग हुन लागेको खवर आएपछि धेरैले ती प्रेमिका दीपा नै रहिछन कि भनेर पनि अनुमान गरे । जसमा कुनै सत्यता नभएको दीपाले बताइन् ।
केही महिना अघिमात्र बेलुकी पख एक हिरोले एक हिरोईनलाई जलाएको भन्ने हल्ला निकै फैलिएको थियो । तर, जलाउने को हो र जल्ने को हुन् भन्ने कसैले पनि पत्ता लगाउन सकेनन्, मात्र हल्ला भयो । हल्लाको पछि लाग्दा नेपाली सिनेमा क्षेत्र बिगि्रएको मात्र छैन, नेपाली कलाकारले नचाहिँदो दुःख पनि पाएका छन् ।

0 comments:

Post a Comment