Thursday, May 10, 2012

खल्तीमा ३ लाख बोकेर मगन्ते परमधाम

भारतमा एक लखपति मगन्तेको मृत्यु भएको छ । अजमर सहरमा मागेर जिविका चलाउँदै आएका ती मगन्तेको हालै निधन भएको हो । प्रहरीले उनले लगाएको लुगाको गोजीबाट २ लाख भारु अर्थात् ३ लाख २० हजार रुपैयाँ भेट्टाएको छ ।
अजमर सहरको दर्गाह-ए मस्जिद अगाडिको क्षेत्रमा बसेर माग्ने पेशा गर्दै आएका ती मगन्ते भारतमा घरवारवीहिनहरु पनि कति सम्म धनी हुन सक्दा रहेछन् भन्ने कुराको उदाहरण बनेका छन् । मागेरै धेरै पैसा जम्मा गरेका ती मगन्तेको धनराशी देखेर उनीसँगै मागेर बस्ने अरु मगन्तेहरुले जिब्रो टोके ।
रोचक कुरा त के भने उक्त पैसा पाइने आशामा ती धनी मगन्ते मरिसकेपछि उनलाई आफ्नो आफन्त भन्ने कुराको होडबाजी नै चल्यो त्यहाँका अरु मगन्तेहरुबीच । तर प्रहरीले ती मगन्तेहरुको दाबी अस्विकार गर्दै उक्त पैसा जफत गरेको छ । अनुसन्धानबाट ती मगन्ते ३ वर्ष पहिले उक्त सहरमा आएर माग्ने पेशा सुरु गरेको र उनका कोहीपनि आफन्त र साथी नरहेको पत्तो लागेको प्रहरीको भनाइ छ । झण्डै ६० वर्षका ती मगन्तेको नाम के हो भन्नेबारेमा पनि केही थाहा भएको छैन ।
ती मगन्तेले मागेरै त्यतिधेरै पैसा जम्मा गरेका रहेछन् । जुन पैसा खर्च गरेरै उनले बुढेशकालमा शानसँग बाँच्न सक्थे । तर सुँगुरलाई रछ्यान नै प्यारो भनेझैँ उनले मागेर खाने पेशा छाड्न सकेनन् । अझ अर्को रोचक कुरा त के भने उनी त्यस्तो सामान्य रोगबाट मरे जसको उपचार उनीसँग भएको पैसाबाटै सम्भव थियो ।

0 comments:

Post a Comment