Wednesday, May 9, 2012

राजदूतको यौन रोमान्स, बिल चाहिँ दूतावासमा

राजदूत भनेको देशको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त व्यक्ति हो। जुनसुकै मुलुकमा त्यहाँस्थित दूतावासले आफ्नो देशका जनतालाई परेको अप्ठ्यारोमा सहयोगी भूमिका खेल्ने, देश र जनताको हितमा कामकाज गर्नुपर्ने हुन्छ। तर, थाइल्यान्डस्थित नेपाली दूतावासका निमित्त राजदूत डोरनाथ अर्याल भने आफ्नो पदीय हैसियतसमेत बिर्सेर 'यौनलीला'मा व्यस्त रहने गरेको बुझिएको छ। 
पुराना राजदूत सेवाअवधि पूरा भइ फिर्ता भइसकेको र नयाँ राजदूतको नियुक्ति प्रक्रिया चलिरहेको अवस्थामा रिक्त राजदूत पदको परराष्ट्र मन्त्रालयका आलाकाँचा उपसचिव काउन्सलरका रूपमा नेपाली दूतावास थाइल्यान्डमा कार्यरत अर्यालले सिंगो दूतावास र त्यहाँ कार्यरत कर्मचारीलाई आफ्नो स्वार्थअनुसार डोर्यावइरहेका छन्। उनले बैंककस्थित नेपाली भाषी बर्मेली युवतीलाई आफ्नो यौन प्यास मेट्ने साधन बनाएको स्रोतले जानकारी दिएको छ। 
नेपाली कामदारका व्यवहारबाट खुसी भएका थाई उद्योगी/व्यवसायीले नेपालबाट कामदार झिकाउन गरेको प्रयाससमेत अर्यालले असफल गराइदिएका छन्। 'यो बुझ्ने र त्यो बुझ्ने' बहानामा थाई सरकारले २०१२ मा नेपाललाई पनि दिन खोजेको एक लाख बराबरको कामदार कोटा अर्यालकै लापरबाहीले 'ल्याप्स' हुन पुगेको छ। स्रोतका अनुसार नेपाललाई थाई सरकारले दिन खोजेको एक लाख बराबरको कोटा रद्द गराएबापत बर्मेली र बंगलादेशी मेनपावर दलालहरूबाट निमित्त राजदूत अर्यालले मोटो कमिसन बुझेका छन्। थाई सरकारले नेपाललाई पनि कामदार कोटा दिन चाहेपछि र त्यहाँका लेवर डिपार्टमेन्टका डीजीले प्रक्रिया अघि बढाइरहँदा नेपाली दूतावासले नै कोटा प्राप्त गर्न लापरबाही देखाएको हो। थाइल्यान्डका विभिन्न ठाउँमा कृषि तथा उद्योगका लागि नेपाली कामदारको माग बढेपछि त्यो प्रक्रियामा आलटाल गरिदिन बर्मेली र बंगलादेशी मेनपावर दलालले नेपाली दूतावासका अर्याल र अर्का एक कर्मचारीलाई पनि बारम्बार भेट गरेका थिए। उनीहरूकै इसारामा श्रम सम्झौता गर्ने प्रक्रियालाई नै अर्यालले अल्मलाइदिएका हुन्। 
केही नेपाली मेनपावर व्यवसायीले थाइल्यान्डको भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझेर नेपाली कामदार थाइल्यान्ड पठाउने सन्दर्भमा पहल गरिदिन वैदेशिक रोजगार व्यवसायी संघमार्फत गत फागुन १७ गते श्रममन्त्रीलाई आवश्यक पहल गरिदिन निवेदन दिएको र उक्त निवेदन परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास थाइल्यान्ड प्रेषित गरिएको थियो। पत्रमा कूटनीतिक माध्यमद्वारा वैदेशिक रोजगारमा पठाउने व्यवस्था मिलाउन पहल गर्न निर्देशन दिइएको थियो। तर, उक्त पत्रको आशयअनुसार काम गर्नुभन्दा पनि विदेशी मेनपावर कम्पनीका दलालसँग मिलेमतो गरेका अर्यालले दुई महिना पुग्दासमेत पत्रको जवाफ लेख्ने काम गरेका छैनन्। उनीसँग फोनमा सम्पर्क गर्दा एक महिनादेखि नै 'डिपमेल' मा पठाइसकेको मात्रै बताएर उम्कने गर्दै आएका छन्। श्रम मन्त्रालयले लेखेको पत्र अध्ययन गर्दा पत्तो लाग्छ कि अर्यालको नियत के हो भन्ने? 
यसैबीच, पत्रको जवाफ फर्काउन चौतर्फी दबाब परेपछि निमित्त राजदूत अर्यालले 'काम बिगार्ने' नियतका साथ पत्र तयार गरेको थाइल्यान्डस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ। अर्यालले नेपालमा भन्दा थाइल्यान्डमा श्रमिकहरूको कम आम्दानी हुने आशयको पत्राचार गर्न खोज्दैछन्। विकसित मुलुक थाइल्यान्डमा हुने कामदारको आम्दानी र नेपालमा बेरोजगार भएकै कारण विभिन्न अपराधमा लाग्नुपरेका नेपालीको बिजोगबीच तुलना हुन सक्ला र? के आम्दानी नै नहुने भए कुनै मेनपावर व्यवसायीले विदेशमा कामदार पठाउने भन्दै पहल गर्न चाहन्छ र? यसै पनि बेरोजगारी समस्याले गाँजिरहेको नेपालमा एक लाख नेपाली बैदेशिक रोजगारीको सिलसिलामा थाइल्यान्ड जान पाएको भए कति बेरोजगार नेपालीको परिवारमा खुसी छाउँथ्यो होला? आफ्नो स्वार्थ पूरा गर्नैका लागि आफ्नो पदीय दायित्वसमेत बिर्सेर 'तरुणी खेलाउन' व्यस्त रहने अर्यालकै कारण विदेशमा नेपाल र नेपालीको इज्जतमा प्रश्न उठ्ने गरेको छ। 
उता, बैंककस्थित नेपाली दूतावासले त्यहाँस्थित नेपालीका बारे कुनै चासो नदेखाउने गरेको बताइएको छ। हालसम्म श्रम सम्झौता नभइसकेको र उच्च प्राविधिक श्रम (डाक्टर, इन्जिनियर) हरू जस्ता कार्यमा मात्रै बैंककमा केही नेपाली रहेकाले उनीहरू खासै समस्या लिएर दूतावास जानु नपरेको बताउँछन्। यद्यपि, तीन चार महिनादेखि निमित्त राजदूतको हैसियतमा रहँदै आएका डोरनाथ नयाँ राजदूत जानुअघि नै सरकारी बजेट सिनित्तै पार्ने अभियानमा छन्। उनले अतिथि सत्कारका नाममा ठूलै खर्च गरिसकेको भए पनि कुनै पनि नेपालीले बैंकक दूतावासको खर्चमा आफूले आथित्यता ग्रहण गर्न नपाएको बताएका छन्। पर्यटकीय यौननगरी फुकेतमा बर्मिज केटीसँग 'सांस्कृतिक मनोरञ्जन' लिन पल्केका डोरनाथले त्यो बिल समेत दूतावासमा पेस गर्ने गरेको बताइन्छ। फेसबुकमा राखेको उनकै तस्बिरले पनि उनको 'यौनमामिला' झल्क्याउँछ। स्मरणीय छ, बैंकक जानुअघि परराष्ट्र मन्त्रालयको एमआरपी शाखामा रहँदा पनि डोरनाथले मेनपावर दलालसँग मिलेर पासपोर्ट जारी गर्ने नाममा ठूलै आर्थिक घोटाला गरेका थिए। 

0 comments:

Post a Comment