Friday, May 11, 2012

भुत्ला पाल्ने युवतीको कत्रो सान ?


आजभोलिका तन्नेरी तथा तरुनीहरु सरीरका रौँ खौरेर सफाचट हुन चाहन्छन् । दाह्री जुँगा पाल्ने केटा तथा काखीका रौँ नफाल्ने केटीलाई फोहोरीको संज्ञा समेत दिइन्छ ।
तर यो दुनियामा यस्ता युवतीहरु पनि छन् जसले टेलिभिजनमार्फ खुलमखुल्ला रुपमा नलजाइकन आफुले पालेका काखीका रौँ गर्वसाथ देखाउँछन् ।बेलायतकी २८ वर्षकी एक महिला अधिकारकर्मी युवती इमेर ओ टूलले १८ महिनादेखि काखीमुनिका रौँ खौरिएकी छैनिन् ।
उनले आफुले पालेका काखीका भुत्ला हालै बेलायतको एक टेलिभिजन कार्यक्रम मार्फ गर्वसाथ पर््रदर्शन गरिन् । कालो प|mकमा टेलिभिजन कार्यक्रम दिस मर्निङमा उपस्थित भएकी उनले दुबै हात माथि उठाएर काखीका भुत्ला पर््रदर्शन गरेकी हुन् । उनका हात तथा तिघ्राका भुत्ला पनि लामा लामा थिए ।
आफुले डेढ वर्षदेखि सरीरका रौँ नखौरिएको भन्दै उनले सरीरका रौँ मान्छेको पहिचान भएको बताइन् । उनले ओसामा विनका लामा दाह्रीको उदाहरण समेत दिन पछि परिनन् । सुन्दरताको नाममा सरीरका रौँ खौरिने महिलाहरु महिला विरोधी रहेको भन्दै उनले यसरी रौँ खौरिने प्रवृत्तिले कृत्रिम लैंगिक मान्यतालाई बल प्रदान गर्ने बताइन् ।
उनले आफु १४ वर्षकी हुँदादेखि नै अरु केटीहरुले जस्तो गरी सरीरका रौँ खौरिन थालेकी थिइन् । तर १८ महिना अघि उनलाई के सनक चढेछ अब जिन्दगीभरी नै सरीरका कुनै भागका रौँ नखौरिने प्रण गरिन् ।


स्मरण रहोस् हलिउड नायिका जुलिया रोबर्टस्ले पनि कुनै समय सरीरका रौँ नखौरिने घोषणा गरेर काखीमा बाक्लै भुत्ला पालेकी थिइन् ।

0 comments:

Post a Comment