![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisjMtyXxEsl2XI96zXsncrUOw-HLuGYeTeru6Ga1H-7WcImwZ9YgxRuq5zLy0Hzmp8HnKDjrlyrT1d66hfAySDFwfYiOI25c4CEL5qZ6bKxALzPswqfQ4iynTeBCJrYQJkuIbJi0mW9i8/s320/yesto-pani-484x330.jpg)
हामीले समयसमयमा केही दम्पतीको कथा पढ्दै आएका छौँ जसले हामीलाई अचम्ममा पार्छन् । तर, यस्ता समाचार आउन छाड्दैनन् । अहिले इन्टरनेटमा त्यस्तै भाइरल भएको एउटा दम्पतीको कथा छ । यो दम्पती लन्डनको हो । यो दम्पतीबारे मानिसहरूले अहिले अत्यन्त धेरै चासो दिइरहेका छन् । यसको कारण हो, दुईको उमेर । यीमध्ये केटाको उमेर १७ वर्ष हो भने केटीको ७१ वर्ष । यो कथा १७ वर्षका ग्यारी र ७१ वर्षकी अलमेडा हार्डविकको हो । लामो समयको सम्बन्धपछि मात्र यी दुईले विवाह गरेका हुन् । जब उनीहरूले विवाह गरे, बेलायती मिडियाले त्यसलाई प्राथमिकता दिन थाले । एउटा टिभी सोमा पुगेको यो जोडीले भने, ‘हामी दुईको सम्बन्धबीच उमेरको कुनै पनि बन्धन छैन ।’ त्यही कार्यक्रममा अलमेडाले भनेकी थिइन्, ‘कुनै पनि सम्बन्धमा सबैभन्दा ठूलो अर्थ पार्टनरको प्रेमले राख्छ । आफूलाई कति प्राथमिकता दिन्छ र कस्तो प्रेम राख्छ भन्ने कुराले नै जीवनको यात्रा तय हुन्छ ।’
एक–अर्कालाई राम्रोसँग बुझ्न सक्ने हो भने समाज तथा वरपरका मानिसले के भन्छन् भन्ने कुराको कुनै अर्थ नहुने यी दुईको तर्क थियो । त्यो टिभी सोमा यी दुईले एक–अर्काको विचारप्रति अत्यन्त सम्मान जनाए । ग्यारीले अलमेडाका प्रत्येक कुरामा समर्थन गरे भने अलमेडाले ग्यारीका ।
पछिल्ला वर्षमा देखिँदै आएको प्रेमजस्तो यी दुईबीचको प्रेम पनि छैन । न त यी दुईले सामाजिक सञ्जालमा लामो समय बिताए न अरू कुनै माध्यमबाट एक–अर्कासँग धेरै लामो कुरा गरे । यी दुईको पहिलो भेट चर्चमा भएको थियो । पहिलो भेटमै उनीहरूले एक–अर्कासँग विवाह गर्ने योजना बनाएका थिए । अलमेडा विधवा भएकाले पनि ग्यारीको यस्तो प्रस्ताव सहजै स्वीकार गरिन् । त्यसको केही महिनामै उनीहरूले विवाह गरे । विवाहपछि उनीहरूले सामाजिक सञ्जालमा राखेका फोटोहरू लोकप्रिय भएका छन् ।
Posted in:
0 comments:
Post a Comment