Monday, December 12, 2016

१२ करोडको कुकुर!!!!!!!!


आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो । यो चोरीको तुलना सन् १९८३ मा भएको रेसको घोडा सेरगरको अपहरणसँग गरिएको थियो । प्रहरीले क्लेयर्स रकेट ‘सुरक्षित तथा ठीक अवस्था’मा उद्धार गरिएको जनाएको छ । आयरल्यान्डको जासुसी संस्थाको एक विभागका दुई कर्मचारीले यस विषयमा अहिले सोधपुछ गरिरहेका छन् । पक्राउ परेकामध्ये दुई अरूलाई चाहिँ क्लोनमेल गार्डा नामका ठाउँमा सोधपुछ गरिएको छ । कुकुरका विषयमा जानकार इयन फच्र्युनले बरामद भएको यो कुकुर ग्रेहाउन्ड रेसिङमा ‘सुपरस्टार’ मानिने बताएका छन् । बिबिसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यसलाई फेला पार्नेलाई इनामस्वरूप ५४ हजार युरो दिने घोषणा भएको थियो । यस्तो घोषणा किन पनि भएको थियो भने यो कुकुर अहिले साढे दुई वर्षको पनि भएको छैन ।’ उनले यो कुकुर दौडिनका लागि अत्यन्त राम्रो भएको पनि बताएका छन् । ‘यसको दौड अत्यन्त तेज गतिमा हुन्छ,’ फच्र्युनले भनेका छन्, ‘यसका अगाडि अरू प्रजातिका कुकुर खासै राम्रा लाग्दैनन् ।’

0 comments:

Post a Comment