मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्पिmक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । पर्सियन मोडल इरिका सिमोनले आफूलाई सबैका सामु नाङ्गो बनाउँदै न्युयोर्कको शहरमा निष्पिmक्री धुमेकी छन्, त्यो पनि न्युयोर्कको व्यस्त सडकमा ।२५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी छन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाएकी छैनन् । पर्सियन मोडल इरिका सिमोनले आफ्नो नयाँ फोटो प्रदर्शनी न्यू योर्कमा एउटी शहरीया युवतीको दैनिकी देखाउँदैछिन् ।दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे ।
उनले बेलायती समाचार संस्थालाई भनेकी छन्, सुरुमा मलाई यस्तो योजना दिमागमा आयो तब मैले सोंचे के मैले यस्तो गर्न सकुंला ? फेरी निर्णय लिएँ, सोंचि त सकें, अब किन नगर्ने । र यो सबै मैले पहिलो दिनमै गर्न सकें । न्युयोर्कको पश्चिमी गाउँमा जब मैले नाङ्गै फोटो सुट गरें त्यतिवेला प्रहरीले मलाई गिरˆतार पनि गरेन । यो सबै समय र भाग्यको खेल हो ।
यो कुनै यौन होइन, नाङ्गो हुनु कुनै पागल पनि होइन, तर मलाई थाहा छ यो कानूनी भने होइन । तर यो सबै प्रक्रियाले मलाई निक्कै स्वतन्त्र, खुला र आनन्द प्रदान गर्यो । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन । कतिपटक त उनले गहना मात्र लगाएकी थिइन ।
सिमोनको न्यु योर्क प्रदर्शनीमा २० वटा तस्वीरहरु हुनेछ, अर्को महिना सुरु हुने यो प्रदर्शनी त्रिवेकाको दास ग्यालेरीमा हुनेछ । सिमोनाले भनेकी छन्, मलाई दैनिकी गरेका अरु थुप्रैको नाङ्गो तस्वीर खिच्ने धोको छ । किनकी मोडेल बनेकी इरिका पहिले फोटोग्राफर पनि थिइन । फोटोसुटका क्रममा इरिकाले सबवेमा हिंडेकी छन्, पुस्तकालयमा किताव चेक गरेकी छन्, हिउँले पुरिएको बाटोमा सावेल चलाएर हिउँ फालेकी छन्, बस्ने घरबाहिर र भित्र उनले नाङ्गै हिंडेकी छन् ।
0 comments:
Post a Comment