Tuesday, May 15, 2012

आयरल्याण्डका महिला सेक्सका भोका

पछिल्लोपटक गरिएको अध्ययनले युरोपेली देश आयरल्याण्डका महिला सेक्सबाट सबैभन्दा बढि असन्तुष्ट रहेको देखाएको छ ।
युरोपेली युनियनमा आबद्ध देशहरुका महिलाहरुमा गरिएको अध्ययनले आयरल्याण्डका ७० प्रतिशत महिला आफ्नो यौनजिवनबाट असन्तुष्ट रहेको पाइएको हो । हरेक १० मा सात महिलाले आफुहरु रातिको समयमा श्रीमानसँग गरिने सेक्सबाट सन्तुष्ट नहुने गरेको बताएका छन् ।
उमन्स हेल्थ म्यागेजिनले गरेको अध्ययन अनुसार सेक्समा सन्तुष्ट नभएपनि आयरल्याण्डका महिलाले सबैभन्दा बढि सेक्स गर्ने गरेका छन् । सायद झ्वाट्ट यौन आनन्द नपाएकाले होला आइरिस महिलाहरु ओछ्यानमा आनन्द प्राप्तिका लागि भगिरथ प्रयत्न गर्दछन् । अध्ययन अनुसार ४२ प्रतिशत आयरल्याण्डका महिलाले हप्तामा ३ पटकभन्दा बढि सेक्स गर्ने गरेका छन् । अझ रोचक कुरा त के भने उनीहरुले शनिबार राति ११ बजेको सेक्स सबैभन्दा आनन्ददायक हुने पनि बताएका छन् । आयरल्याण्डपछि बेलायतको लण्डन तथा वेल्सका महिला युरोपमा अन्य देशका महिलामभन्दा बढि सेक्स गर्नेको सूचिमा परेका छन् । लण्डन र वेल्सका महिलाले आफुहरुले हप्तामा औषतमा ३ पटक सेक्स गर्ने गरेको बताए ।
सेक्स सन्तुष्टिको मामिलामा स्कटल्याण्डका महिला सबैभन्दा सफल देखिएका छन् । अधिकांस स्कटिस महिलाहरुले आफु लोग्नेसँगको यौनक्रिडाबाट सन्तुष्ट हुने गरेको बताए ।
अध्ययन अनुसार महिलाहरुले सधै आफ्नै घरभित्र वा सुत्ने कोठामा भन्दा कहिलेकाहीँ बाहिरै कुनै ठाउँमा गएर सम्भोग गर्नु बढि आनन्ददायक मान्दछन् । ४० प्रतिशत महिलाले घरबाहिरको सेक्स आनन्ददायक हुने बताएका छन् । त्यस्तै कार्यस्थल तथा सामुदि्रक किनारमा सम्भोग गर्ने रुची भएका महिला पनि उल्लेख्य मात्रामा रहेका छन् । २८ प्रतिशत महिलाले भने आफुलाई आफ्नो घरभन्दा बाहिर सेक्स गर्न मन नलाग्ने बताउँछन् ।

0 comments:

Post a Comment