Monday, May 14, 2012

सम्भोगका बेला पनि मोबाइल चलाउँछन् महिला


एक अध्ययनले अमेरिकी महिलाहरुले सेक्स भन्दा मोबाइल फोनलाई बढ्दा महत्व दिने गरेको देखाएको छ । एक टेलिभिजन नेटवर्कले गरेको सर्वेक्षणले महिलाको यौन चरित्रबारे निकै अनौठो तथ्य बाहिर ल्याएको छ । उक्त अध्ययन अनुसार सयमा १२ जना अमेरिकी महिलाले सेक्स गरिरहेका बेला समेत आफ्नो मोबाइल फोन चलाउने गरेको पाइएको छ ।
१८ देखि ३५ वर्षसम्मका अमेरिकी महिलाहरु प्रविधिप्रति निकै नै लिप्त भएका छन् । यतिसम्मकी सम्भोगका बेला समेत उनीहरु मोबाइल फोनको प्रयोग नगरीरहन सक्दैनन् । अमेरिकी महिलाहरुले सूचना प्रविधिबिना आफ्नो जीवनको अस्तित्व समेत नभएको सोँच्ने गरेका छन् ।
महिलाहरुले सेक्सको बेला समेत मोबाइल फोनको प्रयोग गर्ने गरेको पाइएपनि उनीहरुले उक्त क्षणमा गीत सुन्नको लागि मात्र मोबाइलको प्रयोग गर्ने गरेका हुन् वा कुराकानी गर्न, म्यासेज पठाउन र फेसबुक स्टाटस चेक गर्न मोबाइल खेलाउने गरेका हुन् त्यो भने प्रष्ट नभएको अध्ययनकर्ताहरुको भनाइ छ ।
त्यस्तै अध्ययनले २१ प्रतिशत अमेरिकी महिलाले शौचालयमा दिशापिसाब गरिरहँदा समेत मोबाइलमा कुराकानी गर्ने गरेको देखाएको छ । ८० प्रतिशत अमेरिकी महिलाले मोबाइलमा फेसबुक प्रयोग गर्ने गरेको बताएका छन् । तर ती मध्ये ३५ प्रतिशतले भने फेसबुकले आफ्नो समय बर्बाद पार्ने गरेको गुनासो गर्छन् ।

0 comments:

Post a Comment