Sunday, May 13, 2012

युवतीसँग होइन कारसँग सेक्स !!!


इडवार्ड स्मिथ आजभोलि आफ्नी नयाँ गर्लफ्रेन्डसँग रोमान्स गरिरहेका छन् । उनको पछिल्लो गर्लफ्रेन्डको नाम वानिल्ला हो । यो वानिल्ला कुनै सुन्दरी केटी होला भन्ने तपाइँको अनुमान हुनसक्छ । तर तपाइँ गलत हुनुहुन्छ । यो कुनै केटी नभएर भोक्सवागन बीटल कार हो ।
अमेरिकाको वासिंटन डिसीमा बसोबास गर्ने स्मिथले अहिलेसम्म जति गर्लफ्रेन्ड बनाए ती सबै कार नै हुन् । उनले आफुले अहिलेसम्म १ हजार वटा काररुपी गर्लफ्रेन्ड बनाएको र सबैसँग सेक्स गरेको खुलास गरेका छन् ।
आफुले सुन्दरताको सम्मान गर्ने र सुन्दर कारलाई निकै प्रेम गर्ने पनि उनले बताए । आफु रोमान्टिक रहेको भन्दै उनले आफुले आफ्ना प्रेमिकाका रुपमा रहेका कारहरुको बारेमा कविता लेखेको, गीत गाएको तथा मुटुमा साँचेर राख्ने गरेको बताएका छन् ।
अहिले ५७ वर्ष पुगेका स्मिथले १५ वर्षको हुँदा आफुले पहिलोपटक कारसँग सेक्स गरेको खुलासा गर्दै आफु कुनै केटीसँग आकषिर्त नभै कारसँग आकिर्षत हुने बताए ।
अहिलेको वनिल्लाजस्तै उनले यसअघि ओपाल जीटी तथा फोर्ड सँग पनि रोमान्स गर्न भ्याएका छन् । त्यस्तै उनले भि डब्लु बीटलसँग पनि झण्डै ५ वर्ष रोमान्स गरे ।
उनले आफुले आफ्ना निजि कारसँग मात्र नभएर कार शो रुम तथा पार्किङमा गएर समेत कारसँग सेक्स गर्ने गरेको खुलासा गरे ।
कारसँग सेक्सको लत बसालेका स्मिथले केटीहरुसँग सेक्स गर्दै नगरेका भने होइनन् । जवानीमा केही केटीहरुसँग रोमान्स गरेको भएपनि पछिल्लो बाह्र वर्ष आफु कुनै केटीसँग नसुतेको उनले बताए ।
विश्वमा अहिले स्मिथ जस्तै कारसँग प्रेम तथा सेक्स गर्नेहरुको समूह कार लभर्स समूहका सदस्यहरुको संख्या ५ सय पुगेको छ । यस्ता अनौठो यौनचरित्र हुने युवाहरुले इन्टरनेट मार्फत कार लभर्स नामको समूह स्थापित गरेका छन् ।

0 comments:

Post a Comment