Wednesday, May 16, 2012

वेश्यासँग मोज गर्दा श्रीमती आएपछि……

कल्पना गर्नुहोस्, श्रीमती बाहिर गएको मौका छोपेर कुनै श्रीमानले घरमा वेश्या बोलाएर मस्ती गरिरहेको हुन्छ । श्रीमती कुनै काममा बाहिर गएकाले तत्काल घर नफर्किने कुरामा ऊ ढुक्क हुन्छ त्यसैले ऊ दोश्री केटीसँग रासलिलामा डुबीरहेको हुन्छ । तर यदि सोही बेला त्यस श्रीमती टुप्लुक्क आइपुगिन् भने उक्त पुरुषले के गर्ला ?
अवश्य पनि उक्त क्षण वर्णनै गर्न नसकिने खालको होला । उक्त पुरुष लाजले रातोपिरो होला, स्वास्नीसँग माफी माग्ला र अर्काको लोग्नेसँग सेक्स गर्न आएकी महिला सरी भन्दै फुत्त निस्केर जालिन् । तर भारतमा भने यी तिनवटै कुराभन्दा बेग्लै घटना घटेको छ । एक भारतीय पुरुषले घरमा एक वेश्यालाई घरमै बोलाएर यौनक्रिडा गरिरहेको बेला अकस्मात श्रीमती आइपुगेपछि पाकक्रिडामा लिप्त ती वेश्याकै हत्या गरेका छन् ।
मुम्बइ नजिकैको परेल क्षेत्रमा एक अपार्टमेन्टमा बस्ने ती पुरुषले श्रीमती घरबाहिर निस्केको मौका पारी ती व्यवसायिक यौनकर्मी महिलालाई घरमा बोलाएर सेक्स गर्न लागेका थिए । तर सेक्समा मग्न भएको बेला घण्टी बजेपछि उनी गेट खोल्न गए । उनले तल गेटमा जब श्रीमतीलाई देखे तब उनले ती वेश्यालाई तत्काल श्रीमतीसँग नदेखिने गरी त्यहाँबाट निस्केर जान आदेश दिए । तर बिचरी ती महिला कुन बाटोबाट जाउन् ? गेटबाट जाउन् भने श्रीमतीले देख्ने, जाने अर्को बाटो थिएन । त्यसैले उनले आफु मुख्य गेटबाटै जाने अड्डी कसिन् । तर त्यसो गर्दा श्रीमतीले चाल पाउने भएकाले पुरुषले ती वेश्यालाई झ्यालबाट फाल हालेर तल र्झन अह्राए । ३ तलामाथिको झ्यालबाट फाल हाल्न ती महिलाले सक्ने कुरा थिएन । त्यसैले उनले उक्त आदेश अस्विकार गरिन् । तर ती पुरुषले यौनकर्मी महिलालाई जबरजस्त झ्यालबाट हुत्याइदिए । झ्यालबाट खसेपछि तल जमिनमा बजि्रएर ती यौनकर्मी महिलाको ज्यान गयो । पहिले त ती पुरुषले ती महिला आफ्नो घरमा चोर्न आएकी हुनसक्ने र उक्लिने क्रममा खसेर ज्यान गएको हुनसक्ने बताएका थिए । तर उक्त घटनाको अनुसन्धान गर्दै जाँदा उनी आफैले घरमा यौनकर्मी महिला बोलाएको र आफैले झ्यालबाट खसालिदिएको कुराको पोल खुल्यो ।

0 comments:

Post a Comment