Tuesday, May 15, 2012

बुढीकन्याको भर्जिनिटी कसले तोड्ने ?


७० वर्षको उमेरसम्म भर्जिन रहेको दाबी गर्ने एक बेलायती महिलाले आफु कसैसँग सेक्स गरेर कुमारित्व तोड्न तयार रहेको घोषणा गरेकी छिन् ।
गायिका समेत रहेकी पाम शा ले भनेकी छिन्, ‘अब समय आएको छ र म सही केटाको निम्ति फैसला गर्न तयार छु ।’
आफ्नो मान प्रतिष्ठा अहिलेसम्म पनि उच्च रहेकाले आफ्नो भर्जिनिटी तोड्ने केटा पनि अब्बल हुनुपर्ने उनी बताउँछिन् ।
अग्लो, गाढा वर्णको सुन्दर लखपतिले आफ्नो सतित्व खरानी पारेर संसारको सबैभन्दा ठूलो सुख देओस् भन्ने उनको इच्छा छ ।
तरुनी छँदा काममा निकै व्यस्त रहने भएकाले आफुले सेक्सको बारेमा ध्यान दिन नपाएको र विवाह नगरीकन सेक्सको सम्बन्ध हुँदैन भन्ने आफुलाई लाग्ने गरेको बताउँदै उनले भनेकी छिन्, ‘तर अहिले म विवाह नगरीकनै कुनै पुरुषसँग ओछ्यानमा जान तयार छु ।’
उनको यस्तो घोषणा सुनेर सायद धेरैले भनेका होलान्, ७० वर्षकी बुढीलाई कसले पो पत्याउला ?
यहीँ सम्भावित प्रश्नको उत्तर दिँदै उनले भनेकी छिन् ‘मानिस कहिल्यैपनि बुढो हुँदैन, म ७० वर्षकी हुँ तरपनि मेरो मन जवान छ ।’
आफु कुमारी रहेको, विवाह नगरेको तथा बच्चा नपाएकाले आफुसँग अहिले सम्भोग गर्न पाउने पुरुष भाग्यमानी हुने उनको दाबी छ ।
आफुलाइ तरुनी छँदा सेक्सका प्रस्ताव धेरै आउने गरेका भएपनि आफुले वास्ता नगरेको तर चुम्बन भने गरेको उनले खुलासा गरेकी छिन् ।
उनले आफ्नो नाम त्यतिबेलाका चलेका सेलिब्रेटी टम जोन्स र रोजर मूरसँग जोडिएको भएपनि आफुले उनीहरुसँग कहिल्यैपनि ओछ्यान नतताएको बताइन्

0 comments:

Post a Comment