Tuesday, May 15, 2012

भारतीय टी.भीमा अब नेपाली सिनेमा

नेपाली दर्शकले नेपाली टेलिभिजनमा हिन्दी सिनेमा हेरेको त लामै समय भइसकेको छ । नेपाली टेलिभिजनमा हिन्दी सिनेमा हेर्न पाउनु कुनै नौलो कुरा होईन । तर, अव भारतको चर्चित टेलिभिजनमा नेपाली सिनेमा हेर्न पाईने भयो भन्ने खवरले सवैलाई खुशी वनाउन सक्छ । हो, अव भारतको चर्चित टेलिभिजन स्टार गोल्डमा नेपाली चलचित्र चपली हाईट हेर्न पाईने भएको छ । भारतको यो चर्चित टेलिभिजनमा चपली हाईट सिनेमा प्रदर्शन हुने भएको छ । चपली हाईटको भारतीय टेलिभिजनमा देखाउनी गरी एक संस्थाले यो सिनेमाको राईट्स किन्ने भएको छ ।

तर, चपली हाईट हिन्दी भाषामा डविङ भई देखाउन लागिएको हो । नेपाली हलहरुमा व्लकवस्टर वन्न सफल यो सिनेमालाई भारतको चर्चित टेलिभिजन स्टार गोल्डमा देखाउन लागिएको हो । यसका लागि निर्माता अर्जुन कुमारले १२ लाख भारतीय रुपैयाँमा यो सिनेमाको टेलिभिजन राईट्स वेचेका छन् । सम्झौता हुन वाँकी छ तर लगभग सहमति  भैसकेको छ, अर्जुनले भने । यसका लागि अर्जुनले पनि केही शर्त पालना गर्नु पर्नेछ । यो सिनेमाको हिन्दी भाषामा डविङ गर्ने र गितहरु रि एरेन्ज गर्ने काम नेपाली निर्माताको हुनेछ । यस्तै, यो सिनेमाको सेन्सर पनि चपली हाईट निर्माताले नै गर्नुपर्ने छ । अजुर्नले भने, यसका लागि करिब ९ लाख खर्च हुनेछ ।

तर, यदि स्टार गोल्ड भन्दा वाहेक अन्य टिभीमा देखाउन चाहेमा निर्माता अर्जुनको हातमा पर शो ३ लाख रुपैयाँ आउने भएको छ । यसरी, भारतीय टेलिभिजनमा नेपाली कलाकारले अभिनय गरेको सिनेमा आउनु आफैमा खुशिको कुरा हो । यो एउटा राम्रो सुरुवात पनि हो । आशा गरौ, यसले नेपाली सिनेमाको स्तर र विकासका वारेमा विश्वव्यापी सकारात्मक सन्देश जानेछ ।

0 comments:

Post a Comment