Tuesday, February 22, 2011

चिहान वरपर यौनक्रिडा नगर्न सूचना जारी


हङकङ । सार्वजनिक स्थानमा फोहोर नफाल्न र दिसापिसाव नगर्न स्थानीय बासिन्दाले सूचना टाँस गरेको त देखिएकै हो तर हङकङको क्लियर वाटर वेका बासिन्दाले भने यौनक्रियाकलाप गर्न नपाइने अनौठो प्रकृतिको सूचना टाँसेका छन् ।
पुराना चिहान भएको पार्कमा युवायुवतीको आगमन बढ्न थालेपछि स्थानीय बासिन्दाले 'नो डडिङ' अर्थात सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलाप नगर्न आग्रह गर्दै बोर्ड झुण्ड्याएका छन् । हाङहाउ विङ लुङ सडकसँगै रहेको पार्कमा चिनियाँ नागरिकका प्राचीन चिहान रहेको स्थानीयबासीले बताएका छन् ।
सुनसान सडकमा कारमा आउने युवायुवतीले कारभित्रै यौनक्रियाकलाप गर्न थालेपछि स्थानीय बासिन्दाले बाध्य भएर यस्तो सूचना राख्नु परेको हो । सूचनामा त्यस्ता कारलाईसमेत निषेध गरिएको संकेत राखिएकोछ।
प्राचीन चिहानहरुको अगाढि बसेर जथाभावी नगरिदिनुहोला । जे गरिरहनु भएको छ, त्यसको साक्षी प्रेत र भगवानहरु छन् । होस गर्नुहोलदा परिणामको भागीदार आफै बन्नुपर्नेछ । नो डगिङ मुन्तिर चिनियाँ भाषामा लेखिएको छ।
सडकछेउमै रहेको नाविक तालिम केन्द्रका एक कामदारले हरेक रात एक वा दुई वटा कार सडकमा पार्क गरिएको भेटिने बताए । कारमा जोडी नै हुने गरेका छन् उनले भने ।
सूचनामा साइ कुङ जिल्ला कार्यालयद्वारा जारी लेखिए पनि जिल्ला भूमि कार्यालयका प्रवक्ताले भने यसबारे कार्यालयलाई केही थाहा नभएको बताए । सरकारी भूमिमा राखिएको यस्तो सूचनाका लागि अनुमति प्रदान नगरिएको बताइएको छ। एजेन्सी

0 comments:

Post a Comment