Thursday, February 24, 2011

विवाहित मान्छेहरूसंग अभिनेत्रिहरू फसे!


बलीउड चलचित्रहरूमा प्रेम प्रती ज्यान दिने अभिनेत्रीहरू बास्तविक जीवनमा पनि पेृमका लागि बलिदान दिन निकै अगाडी देखिएका छन। उनीहरूले प्रेम गरेपछी उक्त मान्छे विवाहित नै भए पनि केही फरक नहुने देखिएको छ। यीनीहरूले प्रेममा फसेपछी आफ्नो अभिनय जीवनलार्इ त्यागेर बिवाहको बन्धनमा जाने गरेको देखियो, यसबाट यीनीहरूले चलचित्र भन्दा व्यक्तिगत सुरक्षालार्इ बढी महत्व दिएको देखिन्छ।हालै मात्र अभिनेत्री लारा दत्ताले श्वेता जयशंकरका भुतपुर्व श्रीमान टेनिस स्टार महेश भूपति संग बिहे गरेकी छिन्। हुन त लाराले पनि डिनो मोरियासंग लामो समयसम्म प्रेम गरेकी थिर्इन।
अक्षय कुमारको प्रेममा बाधिएका शिल्पाले पनि बिवाहित राज कुंद्रासंग बिहे गरेकी थिर्इन। अरबपति राजको श्रीमतीले कवीताले उनलार्इ घर भाडेको आरोप समेत लगाएकी थिर्इन।लामो समय सम्म अभिषेक बच्चनसंग प्रेम गरेकी करिश्मा कपूरले पनि पछी गएर बिवाहित संजय कपूर संग बिहे गरेकी थिर्इन। अहिले उनको बहिनी करिनाले पनि बिवाहित सैफ अलि खानसंग बिहे गर्न लागेकी छिन्।उता पहिलेकी सुपरस्टार श्रीदेवीले पनि बिवाहित निर्माता बोनी कपूर संग बिहे गरेकी थिर्इन। उनले त बिहेपछी बलिउड नै त्यागेकी थिर्इन।रवीना टंडनले पनि बिहेका लागि बिवाहित अनिल टंडनलार्इ छानेका थिए। पहिलेका जमानाका ड्रिम गर्ल हेमा मालिनी पनि बिवाहित धर्मेंद्रको प्रममा परेर बिहे गर्न इस्लाम धर्म अपनाएकी थिर्इन। यसबाट यीनीहरूको बिहेका बेला निकै विवाद भएको थियो तर यीनीहरू खुशीसंग जीवन बितार्इरहेका छन्।
महिमा चौधरीले पनि बिवाहित बाबी मुखर्जी संग दर्ता बिहे गरेकी थिर्इ । अमृता अरोड़ाले पनि बिवाहित सकील लदाख संग बिहे गरेकी थिर्इ ।यसरी बलिउडमा बिवाहित पुरूषहरसंग बिहे गर्ने नायिकाहरूको फेशन नै बनेको छ।

0 comments:

Post a Comment