Tuesday, December 21, 2010

दिपिकाको बारेमा रणबिरले केही नबोल्ने


रणबीर कपूर तथा दीपिका पादुकोणका बीचको सम्बन्ध टुटे पछी दीपिकाले कैयन पटक रणबिरको कुरा काटेकी थिर्इन। यसबाट रणबीर तथा उनको परिवारलार्इ निकै चोट पुगेको थियो। तर पनि रणबिरले दिपिकाको बारेमा केही बोलेको छैन। रणबिरका अनुसार उनले आफ्नो नजिक रही सकेको कसैको बारेमा पनि केही टिप्पणी गर्ने छैन। कपूर खानदानका एक मित्रका अनुसार, ‘कपूर्स खानदान कसैको बिरूध्दमा पनि उग्र हुदैन, अझ खास गरेर महिलाहरूको बिषयमा। रणबीरले पनि मर्यादामा रहन जानेको छ। उनलार्इ कसैको कुरा काट्न नहुने कूरा राम्ररी थाँहा छ। उता कपूर खानदानका महान अभिनेता राज कपूरको पालामा पनि उनको नाम कैयन अभिनेत्रीहरूसंग जोडिएको थियो। तर उनले कहिल्यै यस बारेमा कसैसंग कुरा गरेको सुनिएन।

0 comments:

Post a Comment