Monday, December 20, 2010

बेहुलालाई छक्याएर बेहुली बाटैबाट बेपत्ता


सर्लाही । विवाह गरेको एक साता पछि दुल्हन फर्काउन ससुरालीतर्फ जाँदै गर्दा आज सर्लाहीमा श्रीमानलाई छक्याएर बीच बाटैबाट श्रीमती बेपत्ता भएकी छन् । सर्लाहीको परवानीपुरबाट सुसुराली रौतहटको जुडवेला जाँदै गर्दा २६ वर्षिया श्रीमान दिलबहादुर भण्डारीलाई छक्याएर २५ वर्षिया श्रीमती रन्जना बस्नेत बेपत्ता भएकी हुन् । बाटोमा पर्ने सर्लाहीको हरिवन बजारमा बिहान ११ बजे केही सामान् किन्न भनेर बसबाट झरेकी नव दुलही बस्नेत आफ्ना दुलहा भण्डारीलाई बाटोमा पर्खाएर बेपत्ता भएकी हुन् ।
मंसिरको अन्तिम साता उनीहरुको मागी विवाह भएको थियो । इलाका प्रहरी कार्यालय हरिवनले भण्डारीको उजुरीको आधारमा नव दुलही बस्नेतको खोजी भइरहेको जानकारी दिएको छ ।

0 comments:

Post a Comment