Friday, December 24, 2010

क–कसलाई पोल्दैछ रुबेलको राँकोले?


काठमाडौं। नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरीका कारण धेरे जनाको बिल्लीबाठ हुने छाँट बढ्दैछ। गिरिजाका नातिनी ज्वाइँ भएकै कारण नवयुवराजको हैसियत बनाएका रुबेलले नेपालमा गरेका काला धन्दाको पर्दाफास हुँदा उनले दर्जनभन्दा बढी नेपालीलाई पोल्ने स्पष्ट देखिएको छ। खासगरी डार्फर काण्डमा रुबेल तानिएको अवस्थामा उनले तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई सोझै पोल्ने स्पष्ट छ। डार्फर काण्ड सिटौलाको निर्देशनमा भएकैले सुजाता कोइरालाले आफ्नो ज्वाइालाई कारवाही गर्न चुनौती दिने गरेको बताइन्छ। उता, सिटौला पनि कतै डार्फरकाण्डमा तानिे हो कि भन्ने डरले रुबेललाई बचाउन लागि परेका छन्। अझै सिटोलाले आफू निकटका व्यक्तिहरूसाग आफूले गिरिजाबाबुले भनेर डार्फरको काम रबेललाई दिएको समेत भन्ने गरेका छन्। रुबेल विरुद्ध भीओआईपी र नक्कली पासपोर्ट सम्बन्धी मुद्दा पर्यो भने त्यसले सााच्चै नै नपत्याउने खोलाले बगाएझैं पत्यारै नलाग्ने व्यक्तिहरूलाई बगाउने स्रोतले बताएको छ।पारससागको विवादमा मुछिएपछि एकाएक रुबेलको पक्षमा उभिएका कांग्रेस नेताहरू पनि अहिले अप्ठेरोमा परेका छन्। रुबेलका धन्दा एकपछि अर्को गरी बाहिर आएपछि कांग्रेस नेताहरूले पनि रुबेल विरुद्ध मुख खोलन थालेका छन्। कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले समेत रुबेल चौधरीमाथि कारवाहीको माग गरेपछि त्यसले कांग्रेस पार्टी नै रबेल काण्डमा नराम्ररी मुछिने देखिएको छ। प्रकाशमानले आफ्ना ज्वाइा विरुद्ध बोलेपछि सुजाताले तत्कालै कांग्रेसका सभापति सुशील कोइरालासाग आक्रोश व्यक्त गरेको बुझिएको छ। सुजाताले आफ्ना ज्वाइालाई कारावही गराएर देखाउन प्रकाशमानलगायतलाई चुनौती दिएकी छन्। यो विषय कांग्रेस कार्यसमितिमा प्रवेश गर्ने निश्चित भएको र त्यसले ठूलै रुप लिन सक्ने अवस्था देखिएको छ। त्यसो त बिहीबार मात्रै पनि सुजाता कोइरालाले आफ्नो ज्वाइाभन्दा पनि छोराजस्तै भएको र आफ्नै घरमा बस्दै आएकोले उनलाई कसैलाई पनि कारवाही गर्न नसक्ने बताइन्। तर, रुबेलविरुद्ध कारवाहीको माग गर्दै अदालत र अख्तियारमा मुद्दा पर्ने
तयारी भएकोले उनी र उनीनिकट कारवाहीबाट बच्न मुस्किलै पर्ने बताइन्छ।

0 comments:

Post a Comment